प्रदेश ५ मा यसबर्ष ६ दिन सार्बजनिक बिदा

२०७६ बैशाख १२, बिहीबार २३:४१ मा प्रकाशित

१२ वैशाख/ प्रदेश नं. ५ सरकारले २०७६ सालमा ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले ४ दिन प्रदेशका सबै जिल्लामा र २ दिन जातजाति तथा समुदाय अनुसार बिदा दिने निर्णय गरेको हो ।

SPONSORED

बकर इद, माघी र माघे सक्रान्तिमा माघ १ र २ गते, प्रदेश स्थापना दिवशमा फागुन ३ गते प्रदेश सरकारले विदा दिनेछ । यस्तै स्थानीय चाडपर्वलाई मध्यनजर गरी स्थानीय तहको निर्णयअनुसार एक दिन र रमजानमा विदा दिइनेछ ।

बैठकले प्रदेश नम्बर ५ सरकारले विभिन्न प्रकृतिक विपदमा ज्यान गुमाएका ५१ जनाका हकवालालाई १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।

बाढी डुवान, करेन्ट, आगालागी, खोलाले बगाएको, पहिरो, चट्टयाङ लगायतका विपतमा परी ज्यान गुमाएका परिवारका सदस्यहरुलाई राहत दिइनेसरकारका प्रबक्त्ता तथा भैतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए ।

बैठकले राप्ती गाँउपालिका वडा नम्बर ७ बसन्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण, बुटवल उपमहानगरपालिका वडा नम्बर १३ जवइ खोला मैदानमा उजिर सिंह रंगशाला निर्माण गर्ने र घोराही उपमहानगर पालिका १६ तरौटेमा रहेको नेत्रलाल अभागी रंगशालाको स्तरवृद्धी गर्ने निर्णय गरेको छ ।

SPONSORED