दाङका तीन तहमा ८ मलेरियाका बिरामी भेटिए

२०७६ बैशाख १२, बिहीबार २३:३९ मा प्रकाशित

घोराही
१२ बैशाख/ दाङमा चालु आर्थिक बर्षमा ८ जना मलेरियाका बिरामी फेला परेका छन् ।

स्वास्थ्य जाँचका क्रममा ८ जना मलेरियाका विरामी फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

SPONSORED

निजी तथा सरकारी स्वास्थ्य संस्थामा जाँच गराएका मध्य ८ जनामा मलेरीयाको संक्रमण भेटिएको स्वास्थ्य कार्यालयका मलेरिया रोग नियन्त्रण फोकलपर्सन कमल चन्दले जानकारी दिएका छन । दाङका तीन स्थानीय तहबाट ति बिरामीहरु फेला परेका हुन् ।

SPONSORED

  स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार तुलसीपुर उपमहानगरपालिकामा ५, राप्ती गाउँपालिकामा २ र बबई गाउँपालिकामा १ जना बिरामी फेला परेका हुन् ।

SPONSORED

कार्यालयका अनुसार बबई गाउँपालिका ५ र ७, राप्ती गाउँपालिकाको ९, शान्तिनगर गाउँपालिका ६ र तुलसीपुर उपमहानगरको वडा नम्बर १३ मा मलेरियाको जोखिम रहेको छ ।

बिश्व स्वास्थ्य संगठनले गरेको सर्भेका आधारमा जिल्लाका ती स्थान बढी जोखिम रहेका हुन् । लामखुट्टेको टोकाईबाट मलेरिया रोग सर्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ । उपचारका लागि नेपाल सरकारले निःशुल्क जाँच तथा औषधीको ब्यबस्था गरेको छ ।

पछिल्लो पटक सरकारले सुपानेट झुल बितरण तथा स्वास्थ्य जाँचका क्रममा मलेरियाको ल्याब परिक्षणलाई ध्यान दिदै आएको फोकल पर्सन चन्दले जानकारी दिएका छन । मलेरियाका कारण बिश्वमा बर्षेनी चार लाख जनाको मृत्यु हुने गरेको छ ।