मापसे जाँच गर्न पौने ४ लाखको ब्रेथलाईजर !

२०७६ बैशाख ११, बुधबार २०:५७ मा प्रकाशित

घोराही, ११ वैशाख /

दाङका तीन ओटा स्थानिय सरकारले चालकले मादक पदार्थ सेवन गरेर गाडी चलाउदा दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीलाई जाँच गर्ने मेसिन उपलब्ध गराएका छन् ।

SPONSORED

 

घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई एक एक थान ब्रेथलाईजर मेसिन उपलब्ध गराएका हुन् । मादक पदार्थ सेवन गरेर सवारीका साधन चलाउदा हुने दुर्घटनाको क्षति बढी हुने देखिएपछि चालकलाई सचेत गराउन र जोखिमलाई रोक्न ब्रेथलाईजर उपलब्ध गराएका हुन् ।

 

SPONSORED

एउटा मेसिनको मूल्य करिब १ लाख २३ हजारको रहेको छ । घोराही, तुलसीपुर र लमही क्षेत्रमा एक एक थान उक्त मेसिन चालकले मादक मादक पदार्थ सेवन गरे नगरेको बारेमा जाँचमा प्रयोग गरिने ट्राफिक प्रहरी प्रमुख मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।

 

चालु आर्थिक बर्षमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने करिब ७ सय चालक कार्वाहीमा परेका छन् । मादक पदार्थ सेवन गरेर गाडी चलाउदा भएका दुर्घटनामा अधिकांशको मृत्यु र अंगभंग भएको ट्राफिक प्रहरी प्रमुख कुँवरले जानकारी दिनुभयो ।

 

उक्त ब्रेथलाईजरले व्यक्तिको फोटो खिच्ने, नाम ठेगाना रेकर्ड राख्ने र लाईसेन्स नम्बर समेत सुरक्षित राख्ने प्रविधीको रहेको छ । दाङमा दैनिक ५० जना बढी व्यक्तिहरु मादक पदार्थ सेवन गरेर गाडी चलाएको अबस्थामा कार्वाहीमा पर्ने गरेका छन् । त्यसमा सबै भन्दा बढी मोटरसाईकलका चालकहरु मादक पदार्थ सेवन गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।