व्याडमिन्टनमा एपिएफ क्लव च्याम्पियन !

२०७६ बैशाख ७, शनिबार १९:११ मा प्रकाशित

घाेराही, ७ बैशाख । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङको घोराहीमा भएको व्याडमिन्टन प्रतियोगितामा एपिएफ क्लव च्याम्पियन भएको छ । एपिएफले ४ स्वर्ण ३ रजतसहित प्रतियोगिताको च्याम्पिनय बन्याे। त्यसैगरी, त्रिभुवन आर्मी क्लव ३ स्वर्ण ४ रजत र ६ कास्यसहित दोस्रो बनेको छ ।

प्रतियोगितामा प्रदेश नम्बर १- ४ कास्य सहित तेस्रो, सुदुरपश्चिम प्रदेश ३ कास्य सहित चौथो र नेपाल पुलिस क्लव १ कास्य सहित पाँचौ भएको छ । प्रतियोगितामा पुरुष तर्फ आर्मी प्रथम, सशस्त्र प्रहरी दोस्रो, नेपाल पुलिस र सुदुरपश्चिम प्रदेश तेस्रो भएका छन् । महिला तर्फ शसस्त्र प्रहरी प्रथम, आर्मी दोस्रो, सुदुर पश्चिम र प्रदेश नम्बर १ तेस्रो भएका छन् ।

SPONSORED

त्यसैगरी पुरुष डबल तर्फ आर्मीका रन्जित तामाङ र नविन श्रेष्ठ प्रथम, सशस्त्रका विजय थापामगर र दिपेश धामी दोस्रो, आर्मीका सुरोज महर्जन, प्रफुल महर्जन, पविन लिनथेप र रुकेश महर्जन तेस्रो हुनुभएको छ । यसैगरी महिला डबल तर्फ सशस्त्रका पूजा श्रेष्ठ र जेशिका गुरुङ प्रथम, आर्मीका अनुमाया राई र नङसल तामाङ दोस्रो, प्रदेश १ का सीता राई, सीमा राजबंशी र आर्मीका अमिता गिरी र रसिला महर्जन तेस्रो हुनुभएको छ ।

त्यसैगरी महिला पुरुष डबलमा सशस्त्रका पूजा श्रेष्ठ र दिपेश धामी प्रथम, शसस्त्रकै जेशिका गुरुङ र गौतम कठायत दोस्रो, आर्मीका अमिता गिरी, नविन श्रेष्ठ, अनुमाया राई र रत्नजित तामाङ तेस्रो हुनुभएको छ ।

पुरुष एकल तर्फ शसस्त्रका दिपेश धामी प्रथम, आर्मीका रन्जित तामाङ दोस्रो, सुदुरपश्चिमका प्रिन्स दाहाल र प्रदेश १ का विकास श्रेष्ठ तेस्रो हुनुभएको छ ।

SPONSORED

महिला एकल तर्फ आर्मीका रसिला महर्जन प्रथम, आर्मीकै नङसल तामाङ दोस्रो, प्रदेश १ का सीता राई र आर्कीमा अनुमाया राई तेस्रो हुुनुभयो ।