प्रदेश ५का मुख्यमन्त्री शंकर पोख्रेल बिहीबार दाङ आउँदै

२०७६ बैशाख ४, बुधबार १९:०१ मा प्रकाशित

घाेराही, ४ बैशाख । मुख्यमन्त्री शंकर पोख्रेल बिहीबार दाङ आउने भएका छन् । नेकपा ५ नम्वर प्रदेश कमिटि सदस्य लक्ष्मण आचार्यकी आमा पुस्करादेवी आचार्यको १३ औ दिनकाे श्रद्धान्जली सभामा सहभागी हुन उनी दाङ आउन लागेका हुन् । आचार्यको चैत्र २३ गते ८१ वर्षको उमेरमा निधन भएको थियो ।

आचार्यको निवास तुलसीपुर उपमहानगरपालिका ११ उरहरीमा बिहान १० बजे गरिएकाे सभामा सरिक हुन मुख्यमन्त्री पाेख्रेल दाङ  आउन लागेकाे नेकपाका नेता टिकाराम खड्काले जानकारी दिए ।

SPONSORED

यस्तै,  नेता खड्काले कार्यक्रममा सहभागिताका लागि सबै पाटी कार्यकर्ता, शुभेच्छुक,पत्रकार लगायतलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।