दाङ आएर सभामुख महराले भने-स्वरोजगार सिर्जना गर्न प्राविधिक शिक्षामा जोड दिउँ

२०७६ बैशाख ४, बुधबार ०७:२२ मा प्रकाशित

देउखुरी, बैशाख ४ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको एक वर्ष आधार बर्ष भएको बताएका छन् । उनले अबका बर्षहरुमा बिकास निर्माणको वर्षका रुपमा अघि बढ्ने बताए ।

उनले अझै पनि संघीयता नीतिगत रुपमा प्रष्ट भएपनि ब्यबहारिक रुपमा प्रष्ट रहेको भन्दै संघीयतालाई सफल पार्न निकै चुनौति पार गर्नुपर्ने बताए । अहिले नयाँ संबिधान कार्यान्वयनको चरणमा केही संक्रमणहरु बाँकी रहेपनि छिट्टै समाधान हुने उनको भनाई छ । साथै उनले स्वरोजगार सिर्जना गर्न प्राबिधिक शिक्षामा जोड दिनुपर्ने बताए ।

SPONSORED

SPONSORED

दाङको राप्ती गाउँपालिका वडा नं. ४ लालमटियामा रहेको राप्ती प्राबिधिक शिक्षालयको रजत जयनतीको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब परम्परागत शिक्षा भन्दा टिक्ने, बिक्ने र सिक्ने शिक्षा अहिलेको आबश्यकता भएको भन्दै प्राबिधिक शिक्षामा जोड दिनुपर्ने बताए ।

SPONSORED

यस्तै, राप्ती र आसपासको क्षेत्रमा सबैभन्दा पुरानो राप्ती प्राविधिक शिक्षालयले दक्ष र क्षमतावान् जनशक्ति उत्पादनमा विशिष्ट भूमिका निर्वाह गरिरहेको भन्दै सभामुख महराले सक्षम युवा प्राविधिक उत्पादनले देश विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताए । सो अवसरमा शिक्षालय परिसरमा निर्माण गरिएको रजत स्तम्भको अनावरण पनि गरे ।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्यहरु मेटमणी चौधरी, गंगा थारु, प्रदेशसभा सदस्यहरु इन्द्रजित थारु, रेवतीरमण शर्मा, दामा शर्मा, सरस्वती गौतमले यस प्राबिधिक शिक्षालयले धेरै गरिबका छोराछोरीहरुलाई प्राबिधिक शिक्षाको पहुँमा पुर्याएको बताए । रजत जयन्तीको अवसरमा हाल शिक्षालयले गरेका कार्य प्रगति तथा अवस्थाको वारेमा जानकारी गराइएकाे छ ।