महिला तथा पुरुष राष्ट्रिय बास्केटबलको फाइनल खेल बुधबार हुने

२०७६ बैशाख ३, मंगलवार २१:०७ मा प्रकाशित

घाेराही, बैशाख ३ । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला तथा पुरुष राष्ट्रिय बास्केटबलको फाइनल खेल बुधबार हुने भएको छ । दाङको घोराहीमा जारी प्रतियोगिताको महिला तर्फ नेपाल पुलिस क्लब र प्रदेश नं ३ त्यस्तै पुरुष तर्फ नेपाल आर्मी र प्रदेश नं ३ बिच स्वर्ण पदकका लागि फाइनल हुने भएको हो ।

महिला तर्फको मंगलबार सम्पन्न सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेश लाई ५५-४४ स्कोरले पाखा लगाउदै नेपाल पुलिसले फाइनल यात्रा तय गर्यो । त्यस्तै नेपाल आर्मी लाई ३९-२३ स्कोरको जीत निकाल्दै प्रदेश नं ३ ले पुलिससंगको फाइनल यात्रा सुरक्षित गरेको हो ।

SPONSORED

त्यसैगरी पुरुष तर्फको मंगलबार नै सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस लाई ८५-७१ स्कोरले पाखा लगाउदै नेपाल आर्मीले आफ्नो फाइनल यात्रा सुरक्षीत गर्यो भने गण्डकी प्रदेश लाई ९३-६३ स्कोर बनाउँदैै प्रदेश नं ३ ले आर्मीसंगको फाइनल भेट पक्का गर्न सफल भयो ।

SPONSORED

त्यसैगरी प्रतियोगिताको महिला तर्फ नेपाल आर्मी तृतिय स्थानमा चित्त बुझाउदै कास्य पदक हात पार्न सफल भयो । उसले सुदूरपश्चिम प्रदेश लाई ५१-३९ स्कोरले पाखा लगाउदै तृतिय स्थान हासिल गरेको हो । पुरुष तृतीय स्थानका लागि बुधबार बिहान साढे ६ बजे नेपाल पुलिस क्लब र गण्डकी प्रदेश बीच खेल हुने छ ।

SPONSORED