राप्ती अञ्चल सार्वजनिक समितिकाे टिकट काटेर यात्रा गरे उपचारमा छुट पाइने

२०७६ बैशाख ३, मंगलवार २०:१४ मा प्रकाशित

घाेराही, बैशाख ३ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिबाट कुनै पनि रुटहरुमा यात्रा गर्दा लिएको टिकटले उपचारमा छुट पाइने व्यवस्था गरिएको छ ।

समितिको टिकट काटेर यात्रा गरेमा यात्रुहरुलाई काठमाडौमा रहेको मेट्रो हस्पिटलमा उपचार गराउँदा दश प्रतिशत छुट पाइने व्यवस्था गरिएको हो ।

SPONSORED

SPONSORED

समितिका अध्यक्ष सुरेश हमाल र मेट्रो हस्पिटलका सञ्चालक प्रकाश वलीबीच भएको सहमतिअनुसार ओटी, अप्रेसन, आईसियूलगायतका हस्पिटललले दिने सबै सेवाहरुमा बिरामीलाई एक पटकमा दश प्रतिशतसम्म छुट दिइने हस्पिटलका सञ्चालक वलीले जानकारी दिनुभयो ।

SPONSORED

पहिलो चरणमा बिरामीहरुलाई केही राहत महशुस गराउन राप्ती समिति र हस्पिटलबीचमा एक वर्षका लागि सम्झौतामा पत्रमा हस्ताक्षर गरिएको समितिका प्रशासनिक सचिव नारायण न्यौपानेले बताउनुभयो ।