आठौ राष्ट्रीय खेलकुद प्रतियोगिताले दाङमा खेलकुदको सम्भावना राष्ट्रब्यापिरुपमा उजागर भयो–बरीष्ठ उपाध्यक्ष पोख्रेल

२०७५ चैत्र २९, शुक्रबार १९:२९ मा प्रकाशित

घोराही, चैत २९ । नेपाल पत्रकार महासंघका बरीष्ठ केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले आठौ राष्ट्रीय खेलकुद प्रतियोगिताले दाङमा खेलकुदको सम्भावना राष्ट्रब्यापिरुपमा उजागर भएको बताउनु भएको छ । गृह जिल्ला दाङ आइपुगेका पोख्रेलले घोराहीमा आयोजित खेलहरुको अवलोकनपछि खेलको सम्भावना उजागर भएको र यसको विकासका लागि सबैले आ–आफ्नो तर्फवाट योगदान गर्नुपर्ने बताउनु भयो । उहाले दाङको यो विशेषतालाई जोगाउनुपर्ने विचार समेत ब्यक्त गर्नु भयो ।

सरकार र निजि क्षेत्रविच समन्वय गरेर खेल क्षेत्रको विकास गर्नुपर्र्ने धारणा राख्दै बरीष्ठ उपाध्यक्ष पोख्रेलले पत्रकारीता क्षेत्रवाट दाङको खेलकुद क्षेत्रलाइ विशेष प्राथमीकताका साथ उठाउने प्रतिवद्धता गर्नु भयो । उपाध्यक्ष पोख्रेलले खेल भइरहेको ठाउको अवलोकनसमेत गर्नु भएको थियो ।

SPONSORED