राप्ती स्वास्थ्य प्रतिष्ठानमा कार्यरत डा. बस्नेतले गरे बुद्ध हस्पिटलमा एक वर्षमा चार सयभन्दा बढीको अप्रेसन

२०७५ चैत्र २९, शुक्रबार १७:३९ मा प्रकाशित

जिल्लामै जटिल शल्यक्रिया

 

दाङ — जिल्लामै जटिल शल्यक्रिया हुन थालेपछि यहाँका बिरामीलाई सहज भएको छ । घोराहीस्थित बुद्ध इन्टरनेसनल अस्पतालमा उच्च प्रविधिमार्फत जटिल प्रकृतिका शल्यक्रिया सम्भव भएको छ । जिल्लाबाहिर धाउनुपर्ने बाध्यता अब हटेको स्थानीयले बताए ।
दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल अस्पतालमा जटिल प्रकृतिको शल्यक्रिया गरिँदै । तस्बिर स् दुर्गालाल केसीरकान्तिपुर
भाँच्चिएका लिंग जोड्नेजस्ता जटिल प्रकृतिका शल्यक्रिया गरिएको अस्पतालका सर्जन डा। रमेश बस्नेतले बताए । ‘तीनवटा त भाँच्चिएका लिंग पनि जोडिएका छन् । यी जटिल खालका शल्यक्रिया हुन्,’ उनले भने, ‘उच्च प्रविधि र दक्ष जनशक्तिका कारण सम्भव भएको छ । विभिन्न ठाउँमा पुगेर पनि उपचार नपाएका बिरामीलाई हामीले सफलशल्यक्रिया गरेका छौं ।’

SPONSORED

पित्तथैली, एपेन्डिक्स, अण्डकोष, हर्निया, पिसाबथैलीको पत्थरीलगायतका शल्यक्रिया जिल्लामै भइरहेको उनले बताए । फ्रविधियुक्त दूरबिन विधिको शल्यत्रिया प्रभावकारी भइरहेको डा। बस्नेतले बताए । दूरबिन विधिबाट छिटो शल्यक्रिया हुने र दुखाइ कम हुने भएकाले बढी प्रभावकारी भएको उनले बताए ।

‘दूरबिनबाट शल्यक्रिया गर्दा धेरै घाउ बनाउनु पर्दैन । बिरामी छिट्टै घर जान सक्छन् । लामो समय थलिनु पर्दैन,’ उनले भने, ‘अनावश्यक झमेला कम हुन्छ । यो विकसित प्रविधि हो । यसले थप समस्या हुनबाट बचाउँछ ।’

एक वर्षमा चार सयभन्दा बढी पित्तथैली र ५० बढी पिसाबथैलीका पत्थरीको शल्यक्रिया भएको डा। बस्नेतले बताए । आर्थिक अभावका कारण शल्यक्रिया गर्न घरदेखि टाढा जान नसकेका बिरामीलाई थोरै शुल्कमा जिल्लामै सेवा दिइरहेको उनले बताए ।
अब शल्यक्रियाको सेवा विस्तार गर्दै एक सय शय्याको अस्पताल विकास गर्ने योजना रहेको उनले जानकारी दिए ।

SPONSORED

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि विवाद र आन्दोलनमा फसिरहेका बेला जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा पाउन समस्या भइरहेको छ । पहिले संचालित राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भएपछि सबै सेवा प्रभावित भएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले अध्ययन गर्दा अस्पतालको अवस्था बेहाल भएको देखाएको छ । यस्तो बेला जिल्लामै निजी क्षेक्रको लगानीमा जटिल शल्यत्रिया हुन थालेपछि नागरिकमा केही आशा पलाएको छ ।

कान्तिपुरवाट