एक जना चिकित्सकको भरमा प्रादेशिक आयुर्वेद

२०७५ चैत्र २९, शुक्रबार १६:५९ मा प्रकाशित

घोराही, २९ चैत्र /

प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा आबस्यकता अनुसारको चिकित्सक नहुदा सेवा प्रबाहमा असहज भएको छ । अहिले बिरामीको चाप बढ्दो अबस्थामा रहेको तर दरबन्दी अनुसार चिकित्सक नहुदा समस्या सृजना भएको हो ।

SPONSORED

 

कुनै समय बिरामी कुरेर बस्नुपर्ने चिकित्सालयमा अहिले दैनिकी १ सय बढी बिरामीहरु आउने गरेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामकामेश्वर ठाकुरले बताउनुभयो । चिकित्सालयमा अहिले ग्याष्टीक, पायल्स र फिष्टुलाका बिरामी सँगै बच्चाका बिरामीको संख्या बढी रहेको छ ।

 

SPONSORED

आयुर्बेद चिकित्सालयमा दाङ, सल्यान, प्युठान, रोल्पा, रुकुम, सुर्खेत, नेपालगञ्ज र डोल्पा लगाएतका जिल्लाबाट बिरामीहरु आउने गरेको डाक्टर ठाकुरको भनाई छ । ५ जना बिशेषज्ञ डाक्टर र २ जना चिकित्सकको दरबन्दी रहेको चिकित्सालयमा डेढ वर्ष देखि १ जना मात्र चिकित्सक छन् ।

 

बिशेषज्ञ डाक्टर मात्र नभई चिकित्सालयमा ३५ जना कर्मचारीको दरबन्दी भएपनि २२ जना मात्र कार्यरत छन । त्यस्तै कार्यालय सहयोगी १२ जना हुनु पर्नेमा अहिले ४ जना मात्र रहेको उहाँको भनाई छ ।