नव नियुक्त महेन्द्र बहुमुखी क्याम्पस घोराहीका क्याम्पस प्रमुख दिवाकर शर्माद्वारा पद्भार ग्रहण

घोराही, चैत २९ । महेन्द्र बहुमुखि क्याम्पस घोराहीको क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख दिवाकर शर्माले पद्भार ग्रहण गरेका छन् । विहिवार मात्रै नियुक्त भएका शर्मा शुक्रवार क्याम्पस पुगेर प्रमुखको जिम्मेवारी सम्हाल्दै पद्भार ग्रहण गरेका हुन् । क्याम्पसका पुर्व निमित्त क्याम्पस पं्रमुख सुदर्शन रिजाल, सहायक क्याम्पस प्रमुख निश्चल हमाल लगायत क्याम्पसमा अध्यापनरत सम्पुर्ण प्राध्यापक तथा कर्मचारीहरुले अविर, माला लगाएर नव नियुक्त क्याम्पस प्रमुख शर्मालाई स्वागत गरेका थिए ।

सो अवसरमा वोल्दै नव नियुक्त क्याम्पस प्रमुख शर्माले क्याम्पसको चौतर्फी विकासका लागि आफुले सबैको साथ लिएर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे । क्याम्पसको पठनपाठन सुधार गर्नेदेखी लिएर क्याम्पसमा थप भौतिक पुर्वाधार ब्यवस्थापन सहित नयाँ कार्यक्रम थप्न तदारुकता देखाउने पनि उनले बताए । नव नियुक्त शर्मा क्याम्पसका उप प्राध्यपाक हुन । त्रि।बि।कार्यकारी परिषदको हालै बसेको बैठकले शर्मालाई तिन महीनाका लागी क्याम्पस प्रमुखमा नियुक्त गरेको बुझीएको छ । महेन्द्र बहुमुखी क्याम्स घोराहीका निमित्त क्याम्पस प्रमुख सुदर्शन रिजालले त्रिवि परीषदले शर्मालाई भोलि शुक्रवारदेखी लागु हुने गरी क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

SPONSORED

रिजालले गएको साउन ४ गते देखी अर्को व्यबस्था नभएसम्म चैत २८ गते करिव ९ महिना सम्मका लागि क्याम्पस प्रमुखको कार्यभार संहाल्ने अबसर प्रदान गर्ने त्रि।बि।कार्यकारी परिषदलाई धन्यवाद दिदै आभार प्रकट गरेका छन। साथै रिजालले अवको अवधीका लागि क्याम्पस प्रमुखको जिम्मेबारी प्राप्त गर्नुहुने शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । त्यस्तै क्याम्पसका सहायक क्याम्पस प्रमुख निश्चल हमालले पनि नवनियुक्त क्याम्पस प्रमुख शर्मालाई वधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् । उनले विगतमा पदमा नरहदा पनि शर्मासंगको सहकार्य र समन्वय गर्दै आएको स्मरण गर्दै अव नवनियुक्त क्याम्पस प्रमुखको जिम्मेवारी लिएर आएपछि थप सुखद सहकार्य र समन्वयले क्याम्पसलाई नमुना बनाउने सवालमा महत्वपुर्ण भुमिका रहने बताए ।

SPONSORED

SPONSORED