६२ औं राष्ट्रिय सहकारी दिवसमा आयाेजित वक्तृत्वकलामा ज्ञानदीप कलेजका तेज कुमार डाँगी प्रथम

२०७५ चैत्र १८, सोमबार १७:०४ मा प्रकाशित

घाेराही, चैत्र १८ । ६२ औं राष्ट्रिय सहकारी दिवस दाङमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जिल्ला सहकारी संघको आयोजनामा दश वटै पालिकाहरुमा विभिन्न कार्यक्रम गरी मनाउने क्रममा आज (सोमबार) दाङको घोराहीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘दीगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता घोराहीमा गरिएको हो । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कुन फिल्ड व्यवस्थापन समितिका सदस्य अञ्जनकुमार पौडेलको अध्यक्षता तथा जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए । वक्तृत्वकला प्रतियोगितामा ज्ञानदीप कलेज तुलसीपुरका तेज कुमार डाँगी प्रथम, अम्बिकेश्वरी कलेज घोराहीका दीपेन्द्र भण्डारी द्वितीय तथा यूएन कलेज दाङका खगिन्द्र बिष्ट तृतीय हुनुभयो ।

SPONSORED

नेफ्स्कुन फिल्ड व्यवस्थापन उपसमिति सदस्य सुरेन्द्रबहादुर खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जिल्ला कृषि सहकारी संघ दाङकी अध्यक्ष पद्मा आचार्य, पद्मोदय क्याम्पसका प्रमुख निश्चल आचार्य, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष रुपबहादुर खत्रीलगायतले आआफ्नो धारणा व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण नेफ्स्कुन फिल्ड कार्यालय दाङका शाखा प्रमुख बेदप्रसाद भट्टराईले गर्नु भएको थियो ।

SPONSORED

यसैबीच, ६२औ सहकारी दिवस मनाउने कार्यक्रमलाई ब्यवस्थीत गर्न राप्ती गाउँपालिकामा छलफल भएकोे छ । राप्ती गाउँपालिकामा यही चैत्र २० गते सहकारी सम्वन्धी लोक गीत प्रतियोगीताको आयोजना गरिने कार्यक्रम तय भएको छ ।

SPONSORED

कार्यक्रम संयोजक राप्ती गाउँपालिका आर्थिक विकास शाखा प्रमुख महेश अधिकारीको अध्यक्षता राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा सम्पन्न छलफलमा विभिन्न जिम्मेवारी बाडफाँट पनि गरेको छ । सहकारी दिवश भब्य र सभ्य रुपमा मनाउन राप्ती क्षेत्रका सहकारीहरु एकजुट भएको सहकारी नेताहरुले बताउनु भएको छ ।