दाङमा बैशाख २१ गते ‘टुर दि दाङभ्याली’ साइकलिङ हुने

२०७५ चैत्र १३, बुधबार २१:१३ मा प्रकाशित

घाेराही, चैत्र १३ । दाङमा पहिलो पटक साइकलिङ यात्रा हुने भएको छ । दाङ जिल्ला साइकलिङ संघको आयोजनामा पहिलो पटक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

दाङ जिल्ला साइकलिङ संघ दाङको आज बसेको बैठकले बैशाख २१ गते टुर दि दाङभ्याली साइकलिङ गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष रेशम केसीको अध्यक्षतामा बसेको बैठकले घोराहीबाट शुरु भएर विभिन्न स्थानबाट घुम्दै पुनः घोराही आएर समापन गर्ने निर्णय गरेको छ ।

SPONSORED

विश्व साइकलिङ यात्री पुस्कर शाहको पनि सहभागिता रहने साइकलिङ यात्रा करिव एक सय किलोमिटरको हुनेछ । घोराहीबाट बिहान शुरु हुने यात्रा विश्वकै अग्लो त्रिशुल रहेको धारपानीहुँदै कुहिरेपानी, गोरक्ष रत्ननाथ, अम्विकेश्वरी, बाह्रकुनेबाट हापुर रक्षाचौर हुँदै तुलसीपुर उपमहानगरपालिकाको चमेरे गुफा भएर साइकिल यात्रीहरु फेरि घोराही फर्किने योजना बनाइएको छ ।

SPONSORED

SPONSORED