वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सरकारकाे आदेश-१० दिनभित्र सूचिकरण गर

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सरकारकाे आदेश-१० दिनभित्र सूचिकरण गर 1

चैत्र, १३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण संस्थालाई सूचीकरणका लागि आग्रह गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृतिप्राप्त स्वास्थ्य संस्थालाई १० दिनभित्र मन्त्रालयमा सूचीकरण गराउन आग्रह गरेको हो । वैदेशिक रोजगार नियमावली चौथो संशोधन २०६४ को नियम ४५ क तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ बमोजिम सूचीकरण हुन इच्छुक संस्थाले मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका निवेदन दिनुपर्ने छ ।

SPONSORED

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सरकारकाे आदेश-१० दिनभित्र सूचिकरण गर 2

सरकारले तोकेको मापदण्ड पूरा गरेका सूचीकृत स्वास्थ्य संस्थाले मात्र वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिनुभयो ।

SPONSORED

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सरकारकाे आदेश-१० दिनभित्र सूचिकरण गर 3

SPONSORED

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सरकारकाे आदेश-१० दिनभित्र सूचिकरण गर 4