पोषण स्वास्थ्य सुुरक्षा कार्यक्रम प्रभावकारी बनाउँदै लैजाने स्वास्थ्यकर्मीको प्रतिवद्धता

२०७५ चैत्र ३, आईतवार ०७:२० मा प्रकाशित

घाेराही, चैत्र २ । दाङका दशवटै स्थानीय तहमा बालबालिकाको पोषण स्वास्थ्य सुुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने स्वास्थ्यकर्मीले प्रतिवद्धता जनाएका छन् । सुआहाराको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको स्वास्थ्य तथा पोषण कार्यशाला गोष्ठीमा जिल्लाका दशवटै स्थानीय तहका स्वास्थ्य शाखा संयोजक तथा सहसंयोजकले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा आजका बालबालिकालाई सुुपोषित बनाउन सकेमात्रै भोलिको सुन्दर भविष्य सुरक्षित गर्न सकिने धारणा राख्नु भएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले कुुपोषित बालबालिकालाई सुुपोषित बनाउन ओटीसी सेन्टर सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँले सुुआहाराको सहयोगमा कुुपोषित बालबालिकालाई सुपोषित बनाउन कार्यक्रम सञ्चालन गरिएको भन्दै आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । कार्यक्रममा दशवटै स्थानीय तहका स्वास्थ्य शाखाका संयोजक, सहसंयोजक, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो ।

SPONSORED

SPONSORED

कार्यक्रममा स्वास्थ्य संयोजकहरुले आ-आफ्नो क्षेत्रमा महिला स्वास्थ्य स्वमसेविकाको भुमिका,बाल रोगको अवस्था ,पोषण स्तर आदि लगायत स्वास्थका विभिन्न २२ वटा सूचकहरुको तथ्यांक प्रस्तुत गर्नु भएकाे थियाे । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्यामा वृद्धि भएको ,बाल रोगमा कमि आएको तथा पोषण स्तरमा सुधार आउँदै गरेको जानकारी दिइएको थियो ।

SPONSORED

सुआहारा दाङका कार्यक्रम संयोजक सुरज शर्माले कार्यक्रमको बारेमा जनकारी गराउनुभएको थियो । सुआहाराले १५ लाख जनसंख्यालाई लक्षित गरि देशका ४२ जिल्लामा स्वास्थ कार्यक्रम संचालन गरेको बताउनुभयाे । विशेष गरि १००० दिने आमा र बच्चालाई लक्षित गरि कार्यक्रम संचालन गरिएको पनि जानकारी दिनुभयो ।

मातृ तथा बाल स्वास्थ्य अधिकृत आनन्द कर्णले सुआहाराद्वारा संचालित १००० दिने मुख्य अवसर ,फुड डेमो,साथ तथा सि.एच.एस.बि.कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा सहभागीहरुले आमा समुहलाइ ब्यबस्थित गर्न नसक्दा स्वास्थ्य कार्यक्रमहरु स्थानीय स्तरमा प्रभावकारी बन्न नसकेको गुनासो गर्नु भएको थियो ।