दाङमा भेटियो शंकास्पद बस्तु, घटनास्थलमा प्रहरि

२०७५ फाल्गुन ३०, बिहीबार ०८:२३ मा प्रकाशित

घोराही, फागुन ३० — दाङको तुलसिपुरमा शंकास्पद बस्तु देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ । तुलसिपुरको बिपि चोक नजिकै एउटा कपडा पसल अगाडि अज्ञात समूहले शंकास्पद वस्तु राखेको र अहिले त्यसलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।  अहिले घटनास्थलमा प्रहरि पुगेको छ । तुलसिपुर डिएसपि प्रेमबहादुर शाहीको नेतृत्वमा प्रहरि परिचालन गरिएको छ ।

शंकास्पद बस्तु रहेको आशंकामा उक्त स्थान अहिले सेना र प्रहरीको नियन्त्रणमा छ।

SPONSORED

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले बिहीबार राखेको नेपाल बन्दको क्रममा सोही पार्टीको कार्यकर्ताले यस्ता शंकास्पद वस्तु राखेकेा हुनसक्ने प्रहरीको अनुमान छ। शंकास्पद वस्तु बारे सेनाले चेकिङ सुरु गर्ने प्रहरिले बताएको छ।