उच्च अदालत तुलसीपुरका लागि जग्गा खोजिदै

२०७५ फाल्गुन २९, बुधबार १९:०१ मा प्रकाशित

तुलसीपुर
२९ फागुन/ उच्च अदालत तुलसीपुरको नयाँ भवन निर्माणका लागि जग्गा ब्यबस्थापनको कार्य भईरहेको छ ।

तुलसीपुर ६ को सितलपुर रोड स्थित हाल रहेको उच्च अदालत तुलसीपरको कार्यालय भवन साँघुरो भएकाले नयाँ भवनको लागि जग्गा ब्यस्थापनको कार्य भईरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

SPONSORED

‘हामीले प्रदेश स्तरका कार्यालय तुलसीपुरमा आए, जग्गा खोजेर ब्यबस्था गर्ने मुख्य योजना बनाएका छौं’ उनले भने‘ सोही अनुसार अहिलेको उच्च अदालतको कार्यालय साँघुसो भएकाले नयाँ ठाउमा भवन निर्माणका लागि जग्गा खोजी रहेका छौं ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाको दोघरेमा उच्च अदालतको भवन निर्माणका लागि जग्गा खोज्ने प्रक्रिया अघि बढिसकेको छ ।

प्रदेश स्तरका कार्यालय दाङ आउनु यहाँको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै अन्य कार्यालय तुलसीपुर आएपनि जग्गा खोजेर कार्यालय ब्यबस्था गर्ने प्रतिबद्धता जनाए ।

SPONSORED