राप्ती स्वास्थ्य प्रतिष्ठानका शैक्षिक कार्यक्रमको तयारी सुरु हुदै

२०७५ फाल्गुन २९, बुधबार १८:५५ मा प्रकाशित

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका नब नियुक्त रेक्टर( शिक्षा अध्यक्ष) प्राडा. विश्वनाथ (बिएन) ले प्रतिष्ठान नया शैक्षिक कार्यक्रमको तयारी थालेका छन । उनले शैक्षिक कार्यक्रमको तयारी स्वरुप अस्पतालका चिकित्सक छलफल थालेका छन ।

उनले पहिलो चरणमा प्रतिष्ठानले सुरु गर्ने शैक्षिक कार्यक्रमको तयारी, त्यससग जोडिएको जनशक्ति, उपकरण लगायत आबश्यक सबै कुराको थालनि गरेको र प्रकृयागतरुपमा अघि बढ्ने काम भइरहेको शिक्षाध्यक्ष यादबले बताए ।

SPONSORED

यादबले नियमितरुपमा बिहान प्रतिष्ठान चिकित्सकहरुसग नया- नया बिषयमा छलफल जारी राखेको सुनाए । उनले पोष्टमार्टम गर्ने प्रकृयाका वारेमा चिकित्सकहरुलाई जानकारी गराएका थिए । छलफलमा उनले पश्चिम क्षेत्रमा लामो समय शव राख्न सकिने ठाँउ नरहेकाले दाङको प्रतिष्ठानमा शव लामो समय राख्दा पनि केही नहुने पोष्टमार्टम हाउसको स्थापनाका लागि स्वास्थ्य मन्त्रालय लगायत सम्वन्धित निकायमा पहल भइरहेको जानकारी दिए।