सितलपुर शिव महापुराणको बिहीबार समापन, ७६ लाख बढी दान संकलन

२०७५ फाल्गुन १०, शुक्रबार ०७:४० मा प्रकाशित

तुलसीपुर, १०  फागुन ।  पञ्चमुखे शिव मन्दिर र अख्लेश्वर महादेवको मन्दिर निर्माणका लागि सञ्चालन गरिएको सितलपुरमा जारी शिव महापुराणको बिहीबार समापन गरिएको छ ।

दाङको तुलसीपुर १२ शितलपुरमा माघ २७ गते देखि शुरु भएको महापुराणकाे अन्तिम दिन बिहीबार सबैभन्दा बढि तुलसीपुर १२ जस्पुरका तेज बहादुर बुढाथोकी परीवारले १ लाख ११ हजार १ सय ११ रुपैया दान गरेका छन । यस्तै, प्रदेश ५ का प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले ५१ हजार रुपैया दान गरेको आयोजक समितिका सचिब लिलाधर डाँगीले जानकारी दिए ।

SPONSORED

महायज्ञमा कुल नगद ७६ लाख ६९ हजार २४ रुपैया दान संकलन भएको सचिब डाँगीले जानकारी दिए । दाताबाट ५० लाख १९ हजार २४ रुपैया र विभिन्न वडाबाट २६ लाख ५२ हजार रुपैया संकलन भएको हो ।

SPONSORED

मन्दिर निर्माणका लागि सञ्चालन गरिएको शिवपुराणको आयोजक समितिका संयोजक शक्ति कुमार शर्माको अध्यक्षतामा समापन भएको हो । समापन कार्यक्रमको सहजिकरण शुस्मा गिरी र देविराम कुसारीले गरेका थिए ।

SPONSORED