लखन थापा मगर रनिङ कपमा जागरुक एकता र नवजागरण युवा क्लब विजयी

२०७५ फाल्गुन ९, बिहीबार २०:२९ मा प्रकाशित

घोराही, ९ फागुन । घोराहीमा फागुन २ गतेबाट जारी प्रथम सहिद लखन थापा मगर रनिङ कप अन्तर्गत आज भएको खेलमा जागरुक एकता क्लब र नवजागरण युवा क्लब विजयी भएका छन् । आज भएका दुवै खेल प्रतिष्पर्धात्मक भए ।

SPONSORED

पहिलो खेलमा जागरुक एकता क्लबले किसान जागृत युवा क्लबलाई ३—२ गोल अन्तरले पराजित गर्न सफल भयो भने दोश्रो खेलमा नवजागरण युवा क्लब र युनाइटेड युथ क्लब तुल्सीपुरले निर्धारित ९० मिनेटसम्म समान १—१ गोलको बराबरी खेले पछि खेलको निर्णय टाइ ब्रेकरबाट गरिएको थियो ।

SPONSORED

टाइब्रेकरमा नवजागरण युवा क्लबले युनाइटेड युथ क्लब तुल्सीपुरलाई ३—२ गोलले पराजित गरि क्वाटर फाइनलमा प्रबेश गर्न सफल भएको छ । अव प्रतियोगिता अन्तर्गत क्वाटर फाइनलका खेल शुक्रबार (भोलि)बाट शुरु हुनेछन् ।

SPONSORED