मतदातालाई धन्यवाद दिदै अध्यक्षका प्रत्यासि श्रेष्ठले भने–संस्थालाई लोकतान्त्रिकरण गर्न उपभोक्ता सफल भए’

२०७५ माघ २७, आईतवार २२:१५ मा प्रकाशित

घोराही, माघ २७ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा प्रतिष्पर्धा गरेका गणेश प्रशाद श्रेष्ठले उपभोक्ताहरुकोे अभिमतलाई आफुले सम्मान गर्ने भन्दै संस्थालाई लोकतान्त्रिकरण गर्ने कुरामा आफु सफल भएको बताए । उनले आफ्नो पक्षमा मतदान गर्ने सम्पुर्ण मतदातालाई धन्यवाद दिदै आउदा दिनमा पनी उपभोक्ताकै विचमा रहेर काम गर्ने बताए ।

लोकतान्त्रिक प्रणालि अनुसार निर्वाचन भएर नेतृत्व चयन हुनु सकारात्मक कुरा भएको भन्दै संस्थालाई लोकतान्त्रिकरण यो निर्वाचनले महत्वपुर्ण भुमिका खेल्ने बताए । आफु नेतृत्व हस्तातरणदेखी विभिन्न उपभोक्ताको पक्षमा काम गर्ने गरी नै अध्यक्षमा उम्मेद्वारी दिएको र आफुले नेतृत्व गरेको प्रगतिशिल समुहले संस्था वाहीर रहेर पनि सहयोग गर्न तयार रहेको बताए । निर्वाचनले आफ्नो मत जचाउने अवसर उपभोक्ताले पाएको भन्दै यो उपभोक्ताका लागि ठुलो जित भएको पनि उनले तर्क गरे । आफु संस्थासंग विगतदेखी नै नजिक रहेको र हार जित भन्दा पनि संस्थालाई वलियो बनाउने कुरा आफु सदैव सहयोग गर्न तयार रहेको पनि बताए ।

SPONSORED