खानेपानिको नयाँ नेतृत्वलाई काग्रेस दाङको पार्टि कार्यालयमा स्वागतसहीत वधाई

२०७५ माघ २७, आईतवार २१:५३ मा प्रकाशित

घोराही, माघ २७ । नेपाली कांग्रेस क्षेत्र न ३ दाङले घोराही खानेपानि संस्थामा नव निर्वाचीत कार्य समितिलाई स्वागत गरेको छ । काग्रेसले पार्टि कार्यालयमा औपचारीक कार्यक्रम गरेर खानेपानि संस्थाका नव निर्वाचित कार्य समितिलाई वधाई तथा शुभकामना दिईएको थियो । नेपालि काग्रेसका जिल्ला सभापति किर्तिबहादुर खड्का, जिल्ला सचिव शंकर डाँगि, क्षेत्रीय सभापति भुपबहादुर डाँगि, राप्रपा प्रजातान्त्रिक दाङका अध्यक्ष नरेश जङ्ग राणाले टिका र खादा लगाएर नव निर्वाचित कार्य समितिलाई वधाई तथा शुभकामना दिनु भएको थियो ।

स्वागत तथा वधाई कार्यक्रममा संस्थाका नव निर्वाचित अध्यक्ष देविबहादुर डिसिसहीत प्रजातान्त्रिक प्यानलका विजयि उम्मेद्वारहरुको सहभागिता रहेको थियो ।

SPONSORED

SPONSORED