सौडियारको न्यु मोर्डन एकेडेमिको सरस्वति पुजाको अवसरमा प्रथम वार्षिकोत्सव

२०७५ माघ २७, आईतवार २१:४२ मा प्रकाशित

विद्यालयले छोटो समयमा नयाँ शैलि विकास गरेर आफुलाई स्थापित गर्यो–कार्यवाहक वडा अध्यक्ष केसि

घोराही, माघ २७ । घोराही ७ सौडियारस्थित न्यु मोर्डन एकेडेमिले आइतवार सरस्वती पुजाको अवसर पारेर प्रथम बार्षिकोत्सब भब्य कार्यक्रम गरेर मनाएको छ । बिद्यालयकि प्रिन्सिपल सुनिता सुबेदि घिमिरेको अध्यक्षता एब घोराही ७ का कार्यबाहक वडा अध्यक्ष छन्द बहादुर केसिको प्रमुख आतिथ्यता तथा माबी सौडियारका लेखापाल केशब केसि र सौडियार स्वास्थ्य चौकिका अनमि रिनु थापाको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा वोल्दै प्रमुख अतिथि कार्यवाहक वडा अध्यक्ष छन्दबहादुर केसिले विद्यालयले छोटो सममया आफुलाई समाजमा स्थापित र चिनाउन सकेको भन्दै यो गरीमालाई अझ उचो बनाएर लैजान विद्यालयलाई सुझाए ।

SPONSORED

उनले विद्यालयमा अध्ययनरत वालवालिकाको क्षमता विकासमा विद्यालयले नयाँ–नयाँ प्रयोग गरेर अन्य सामुदायिक तथा निजि विद्यालयलाई सकारात्मक शन्देश प्रवाह गर्न सफल भएको चर्चा गर्दै अभिभावकको मन जितेर विद्यालय अघि बढ्नेमा आफु विश्वस्त रहेको बताए ।

SPONSORED

विद्यालयलाई आफ्नो शैक्षिक गुणस्तर कायम गर्न सल्लाह दिएका केसिले विद्यालयको नविन शैलि सबैले प्रयोग गर्ने खालको रहेको पनि बताए । सौडियारमा विद्यालयले पछिल्लो समयमा राम्रो मन जितेको भन्दै अभिभावक, विद्यार्थि र शिक्षकको त्रिकोणात्मक सम्वन्धवाट नै विद्यालयले राम्रो प्रगति गर्न सक्ने भन्दै त्यो सबै समन्वय विद्यालयमा आफुले पाएको पनि बताए ।

SPONSORED

त्यस्तै कार्यक्रममा वोल्दै विशिष्ट अतिथि मावि सौडियारका लेखापाल केशव केसिले न्यु मोर्डन एकेडेमिले निजि विद्यालयहरुमा आफ्नो छुट्टै छाप छोड्न सफल भएको भन्दै विद्यालयलाई सफल बनाउने कुरामा आफुले सबैखाले सहयोग गर्न तयार रहेको बताए । शैक्षिक क्षेत्रमा यो विद्यालयले महत्वपुर्ण योगदान गरेको चर्चा गरेका केसिले स्थापनाकालदेखी सघर्ष गर्दै आएको विद्यालयले त्यो सघर्षलाई चुनौतिम वदल्ने अवसर आएको र यसलाई दृढताका साथ लाग्न आग्रह गरे । यसैगरेर कार्यक्रमकि विशिष्ट अतिथि अभिभावक सौडियार स्वास्थ्य चौकिका अनमि रिनु थापाले पनि विद्यालयलाई वार्षिकोत्सवको अवसरमा शुभकामना दिदै विद्यालयको चौतर्फी विकासका लागि आफुले सहयोग गर्ने वताइन् । यसैगरेर अभिभावककोतर्फवाट वोल्दै दोर्ण बुढाथोकिले सौडियारमा पछिल्लो समयमा नयाँ प्रविधि र मन्टेश्वरी शिक्षण पद्धति भित्र्याउन विद्यालय नै न्यु मोर्डन एकेडेमि भएको भन्दै विद्यालयले हाल सम्म गरेका गतिविधि र वार्षिकोत्सवमा विद्यार्थिहरुले आ–आफ्नो देखाएको प्रतिभाले पनि विद्यालय सक्षम रहेको देखाएको बताए ।

उनले अव विद्यालयमा विद्यार्थिको सख्यामा कढ्दै जाने भन्दै आफ्नो शैक्षिक गुणस्तर बचाउन आग्रह गरेका थिए । कार्यक्रममा विद्यालयकि भाइस प्रीन्सिपल अनुजा शाहले विद्यालयको प्रगति प्रतिवेदन र आगामि योजनाका वारेमा सुनाएकी थिइन् । उनले सुरुका दिनहरुमा अभिभावकहरुले आफुहरुलाई विश्वास गरेर दिएको मायाँ भुल्न नसक्ने भन्दै यसलाई थप बढाउदै लैजाने प्रतिवद्धता गरीन् ।

उनले आफ्नो बुद्धि र विवेकले भ्याएसम्म विद्यालयलाई राम्रो बनााउने कुरामा ध्यान दिएको भन्दै सबैको सहयोग भएमा अझ विद्यालयलाई माथि उठाउन सहजिकरण गर्ने पनि बताइन् । कार्यक्रममा बिद्यालयकि शिक्षिका बिपसा भण्डारि, गोमा वलि लगायतकाले शुभकामना मन्तब्य दिएका थिए । बिद्यालयकि शिक्षिका शिला चौधरिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन पत्रकार निसान दाजु भट्टराईले गरेका थिए । कार्यक्रममा स–साना बालबालीकाहरुले गित, नृत्य लगायतका बिभीन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । वालवालिकाहरुले विभिन्न वाल गितहरु गाउनुका साथै नाँचेका पनि थिए । वार्षिकोत्सवका अवसरमा आयोजना गरीएको विभिन्न प्रतियोगितात्मक कार्यक्रममा विजयीहरुलाई टिका लगाएर पुरस्कृत गरीएको थियो ।