उपभोक्ताको विचमा लोकप्रीय घोराही खानेपानिको अध्यक्षमा ‘पानिवाजे’ देविबहादुर डिसिको डवल ह्याट्रीक

२०७५ माघ २७, आईतवार २१:१० मा प्रकाशित

घोराही, २७ माघ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ५ कार्यकाल सफलतापूर्व पुरा गर्ने व्यक्ती हुन्ः देवीबहादुर डिसी । उनी यसपािल फेरी पनि घोराही खानेपानीको नेतृत्वकालागी चुनावी दौडानमा थिए । उनले चुनावमा सोच भन्दा फराकिलो मतान्तरले विजयि हासिल गरे ।

विस २००५ सालमा जन्मीएका डागीको वुवाको नाम स्व।टेकबहादुर डाँगी आमाको नाम स्व। लीलावति डाँगी हो । बि।ए, बि।एल अध्ययन गरेको डिसी लामो समयदेखी सामाजिक क्षेत्रमा कार्यरत छन् ।

SPONSORED

उनले विद्यालयमा शिक्षक हुनेदेखी विभिन्न सामाजिक कार्यमा सहभागी छन् । २०२३ सालमा बाहुनडाँडा विद्यालयमा २ वर्ष प्रधानाध्यापक भएर अध्यापन गरेका थिए भने २०२८ देखी २०३२ सालसम्म बराहक्षेत्र मावि सेवार बनगाँउमा प्रधानाध्यापक भएर निशुल्क अध्यपान गराएका थिए । उनी २०३५ सालदेखी २०४१ सालसम्म कानुन व्यवसायीको रुपमा कार्यरत भए ।

SPONSORED

त्यो समयमा वकिलको क्षेत्रमा लोकप्रीय बनेका डिसी देवी वकिल भनेर परिचित थिए । वकिल उनको पेशा भएपनि उनको नामसँगै जोडिएर आउथ्यो । अझै पनि धेरैले उनलाई देवी वकिलको नामले चिन्दछन् । २०४१ देखी २०४९ सालसम्म प्रहरीको रासनको ठेकेदार बनेर उनले काम गरे ।

SPONSORED

यस्तै २०४९ देखी २०५९ सालसम्म उनी यस क्षेत्रको पुरानो यातायात व्यवसायी समिति राप्ती अञ्चल सार्वजनिक यातायात बस व्यवसायी समितिको अध्यक्ष भएर जिम्मेवारी पुरा गरे भने उनी केन्द्रिय सदस्यसम्म पनि नेतृत्व गर्न पुगे । उनलाई यातायात क्षेत्रको पनि राम्रो अनुभव रहेको छ ।
२०५४ सालबाट उनी घोराही खानेपानीमा आवद्ध भए । २०५४ सालदेखी २०६० सालसम्म उनी यस घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सदस्य भएर काम गरे ।

त्यसपछी २०६० देखी २०७५ सालसम्म अर्थात हालसम्म घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष रहेका छन् । उनले यस संस्थामा ५ कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन् । हाल उनी छैठौँ पटक अध्यक्ष हुने दौडमा पनि सफल भएका छन् । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि भएको निर्वाचतमा देविबहादुर डिसि नेतृत्वको लोकतान्त्रीक प्यानल बिजयी भएको छ । नयाँ नेतृत्वका लागि घोराहीमा भएको निर्वाचनमा सस्थाको अध्यक्षमा छैठौ पटक देवी बहादुर डिसी निर्वाचित भएका हुन ।

उनले १ हजार ९ सय ९६ मत प्राप्त गरि बिजयी भएको निर्वाचत अधिकृत रेवतीरमण भट्राईले जानकारी दिए । उनका अनुसार प्रगतिशील प्यानलका अध्यक्षका उमेद्धवार गणेशप्रसाद श्रेष्ठले ९ सय ७६ मत प्राप्त गरेका थिए । ।

त्यस्तै सस्थाको उपाध्यक्षमा भरतमणी पाण्डे निर्वाचित भए । उनले १ हजार ७ सय ७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी मधुसुदन शर्मा अर्यालले ९ सय ७६ मत ल्याएका छन् । सचिवमा १ हजार सात सय २५ मत ल्यायी सुमन शर्मा बिजयी भएका छन । सचिवमा र प्रगतिशील प्यानलका निर्मल गौतमले नौ सय ९० मत ल्याई पराजित भएका थिए ।

सस्थाको कोषाध्यक्षमा धु्रब केसी एक हजार नौ सय सात मत ल्यायी बिजयी भएका छन । उनका प्रतिद्धन्द्धी सयुक्त व्यवसायीक प्यानलका नरबहादुर बुढाथोकीले ८ सय दुई मत प्राप्त गरेका थिए । सस्थाको सचिव र कोषाध्यक्षमा निर्वाचित शर्मा र केसी दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।

त्यस्तै सस्थाको सदस्यहरूमा लोकतान्त्रीक प्यानलवाट एक हजार तीन सय ७१ मत ल्याएर धमेन्द्र श्रेष्ठ, एक हजार तीन सय २० मत ल्याएर नारायण भण्डारी, एक हजार छ सय १८ मत ल्याएर खुमा खड्का थापामगर, एक हजार पाँच सय २१ मत ल्याई यशोदादेवी पाण्डेय र एक हजार तीन सय ३६ मत ल्याएर लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका निर्वाचित अधिकृत भट्राईले जानकारी दिए ।

प्रगतिशील समूहबाट उपाध्यक्षमा मधुसुदन शर्मा अर्याल, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी, सदस्यमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी र मनकुमार पुन पराजित भएका छन् । निर्वाचनमा प्रजातान्त्रीक प्यानललाई नेपाली काग्रेस र राप्रपाको सहयोग रहेको थियो भने प्रगतिशील प्यानललाई नेकपाको सहयोग रहेको थियो ।

डिसी बागेश्वरी डाँगी बन्धु ट्रष्टको आजिवन सदस्य तथा केन्द्रिय सल्लाहकार, नेपाल परिवानर नियोजन संघको आजिवन सदस्य, नेपाल रेडक्रश सोशाईटीको आजिवन सदस्य, पाण्डवेश्वर मन्दिर धारापानीको आजिवन सदस्य र लक्ष्मी बचत तथा ऋण सहकारी संस्था अध्यक्ष रहेका छन् । जुन अध्यक्ष भएको दोस्रो कार्यकाल हो ।

खानेपानीका विशेष जानकारी भएका देविबहादुर उपभोक्तामाझ लोकप्रीय छन् । खानेपानी उपभोक्ताहरुको समस्या समाधानदेखी नयाँ योजनामा विशेष दक्षता भएका उनी हरेक उपभोक्ताको घरघरमा पुगेर समस्याबारे जानकारी लिने र समाधानकालागी पहल गर्ने गर्दछन् ।