म पनि लेख्छु नि !

२०७५ माघ २७, आईतवार २०:५५ मा प्रकाशित

घोराही, माघ २७ । । आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । आज दाङसहीत देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि छ ।

सरस्वती पूजा गर्न सरस्वति मन्दिर भएका ठाउहरुमा घुँइचो लागेको थियो । मन्दिरमा पूजा गर्ने र मन्दिर परिसरका भित्तामा अक्षर लेख्नेहरुको भीड लागेको थियो । भित्तामा अक्षर लेख्नेमा भर्खरै लेख्न सिक्नेदेखि वृद्धासम्म थिए । उक्त भित्तामा लेख्दा ज्ञान बढ्ने विश्वास छ । यसैक्रममा घोराही ७ सौडियारस्थित न्यु मोर्डन एकेडेमिमा पनि सरस्वति पुजा कार्उक्रम सम्पन्न भएको छ।

विद्यालयले सरस्वति पुजाको अवसर पारेर आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । विद्यालयमा दुई दर्जन नयाँ वालवालिका भर्ना भई अक्षरआरम्भ गरेका छन् । नयाँ अक्षर आरम्भ गर्ने वालवालीकाहरुलाई विद्यालयकी प्रीन्सिपल सुनिता सुवेदि घिमिरे, कार्यक्रमका प्रमुख अतिथि घोराही ७ का कार्यवाहक वडा अध्यक्ष छन्दबहादुर केसि, विशिष्ट अतिथिद्वय मावि सौडियारका लेखापाल केशव केसि र सौडियार स्वास्थ्य चौकिका अनमि रीनु थापाले टिका लगाएर स्वागत गर्नु भएको थियो ।

आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।