अव सर्रा–सौडियार सडक कालोपत्रेसंगै यसलाई अमेलिया जोड्नुपर्छ–सांसद अनिता देवकोटा

२०७५ माघ २५, शुक्रबार २१:१६ मा प्रकाशित

घोराही, माघ २५ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका निमित्त साझा प्रतिवद्धता आवश्यक रहेको बताएकि छिन् । घोराही ७ सौडियारको पुरानो तथा जेठो विद्यालय मावि सौडियारको शुक्रवार ४५ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै देवकोटाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर विद्यार्थि टिकाउने अभियानमा सरीक हुन विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थि र स्थानिय सरोकारवाला सबै मिलेर जानुको विकल्प नरहेको बताए ।

पछिल्लो प्रविधिलाई आत्मसात गर्दै नयाँ पुस्तालाई शिक्षामा आकर्षण गर्ने गरी सामुदायिक विद्यालयले योजना बनाउनुपर्ने भन्दै पुरानै ढर्रावाट सामुदायिक विद्यालयको विकास सम्भव नरहेको उनले बताइन. । असल संस्कार दिने वातावरण विद्यालयले बनाउनुपर्ने भन्दै विद्यालयको चौतर्फी विकासका लागि आफुले पहल गर्ने आश्वासन उनले दिइन् । उनले सर्रा–सौडियार जोड्ने सडकखण्ड कालोपत्रे हुन लागेकोमा खुसि हुँदै अव यो सडक खण्डलाई अमेलियासंग जोडेमा यस क्षेत्रको सडकको स्तरोन्नती हुनुका साथै विकास पनि तिव्ररुपमा हुने बताइन् । सर्रा–सौडियार सडकखण्डलाई अमेलिया जोड्न सकेमा यो सडकखण्ड दुरीको हिसावले अत्यन्तै छोटो पर्ने भन्दै यसका लागि स्थानियहरुले सामुहीकरुपमा पहल गर्नुपर्ने र केन्द्रमा आफुले पहल गर्ने देवकोटाले बताइन् ।

SPONSORED

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शरदबहादुर केसिको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि स्रोतब्यत्ति हुमबहादुर केसि, नेपालि काग्रेसका क्षेत्रीय सभापती भुपबहादुर डाँगि, जागरण अनलाइनका सम्पादक निशानदाजु भट्टराई, नेविसंघका महाधिवेसन प्रतिनिधि सरोज शाह, नेकपाका नेता विरबहादुर चौधरी, सरस्वतिको मुर्ति सहयोगदाता डिल्लीबहादुर केसि लगायतकाले शुभकामना मन्तब्य दिनु भएको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्यपाक ज्ञानेन्द्र गौतमल विद्यालयको प्रगति तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विष्णु चौधरी र मोतिलाल केसिले गर्नु भएको थियो । साथै वार्षिकोत्सवको अवसर पारेर विभिन्न ब्यक्तिहरुवाट सहयोग र चन्दा उठाएर बनाईएको सरस्वति मन्दिरको सांसद देवकोटाले रिवन काटेर उद्घाटन गर्नु भएको थियो ।

SPONSORED

SPONSORED