दाङ उवासंघमा व्यूटिसियन उप समिति गठन,अध्यक्षमा वविता खनाल

२०७५ पुष २७, शुक्रबार १७:३० मा प्रकाशित

दाङ, २७ पुस ।
दाङ्ग जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगत रहेका व्युटिसियन हरुको भेलाले व्युटिसियन उप समिति गठन गरेको छ । भेलाले वविता खनालकोे अध्यक्षतामा एघार सदस्यीय व्युटिसिन उप समिति गठन गरेको हो । जसको उपाध्यक्षमा गोमा योगी, कोषाध्यक्षमा शारदा त्रिपाठी, सचिवमा माया न्यौपाने रहेका छन् । समितीका सदस्यमा शुलोचना प्रधान, याङसु गिरी, शुधा मल्ल, ज्ञानमाला जि.एम., शोभा गौतम, विजया पाण्डे, र पवित्रा खनाल पाण्डे रहो छन् ।

भेला दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका महिला सदस्य विन्दु दाहालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा व्युटिसियन उप समितिका अध्यक्ष वविता खनालले समितिको वारेमा प्रकाजानकारी गराएकी थिइन । संघका कार्य समिति सदस्य धनपति शर्माकोे स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रममा संघका कार्य समिति सदस्य पिताम्वर शर्माले धन्यवाद ज्ञापन गरेका थिए । भने कार्यक्रमको सञ्चालान संघका कार्य समिति सदस्य रामप्रसाद पोख्रेलले गरेका थिए ।