‘मैले १० लाख घुस खाएको भन्ने कुरा झुटो हो, पार्टिभित्रैवाट गरीएको प्रायोजित कुरा हो’– मनोहर बुढाथोकि

२०७५ पुष २७, शुक्रबार १७:१६ मा प्रकाशित

दाङ, पुस २७ । युवा संघ नेपालका प्रदेश ५ का संयोजक मनोहर बुढाथोकिले घुस खाएको भनेर आफ्नो वारेमा गलत प्रचार गरीएको बताएका छन् ।

बबई गाउँपालिका वडा नं ५ हापुरे निवासी देवी पुनले पूर्व नेकपा एमाले दाङका जिल्ला सचिवालय सदस्य समेत रहेका बुढाथोकी माथि पैसा खाएको आरोप लगाएकि हुन । उनले आफुलाई वदनाम गराउने उदेश्यले नियोजितरुपमा पैसा खाएको भनिएको दावि गरे । आफ्नो नाम जोडिएकोमा कडा आपत्ति जनाउदै बुढाथोकिले पैसा खाएको भन्ने कुरा प्रमाणित गर्न सम्वन्धित पक्षलाई चुनौति दिएका छन् । बुढाथोकिले भने–यो प्रायोजित कुरा हो, केही दिन अघि हाम्रै नेता कमरेडहरुलाई पिडित भनिएका केही ब्यक्तिहरुले खेस्रा बुझाएको, पछि नेता, कमरेडहरुले नै खेस्रालाई निवेदनकोरुपमा बनाएको कुरा स्पष्ट छ, पिडितले त्यही निवेदन बुझाएको देखीयो,मैले अरु केही भन्नुपर्छ र, सबैकुरा छर्लङ्ग छ, मैले कसैवाट पैसा खाएको छैन ।’ पैसा खाएको वा पठाएको भए कतै न कतै प्रमाण हुनुपर्ने भन्दै बुढाथोकिले भने–पैसा पठाएको भए आइ.एम.इ गरेको हुनुपर्ने वा अरु केही प्रमाण त हुनुपर्ने त ।’

SPONSORED

मनोहर बुढाथोकीले १० लाख घुस खाएको आरोप –भिडियो सहित–

यस अगाडि यस्तो समाचार आएको थियो ।
युवा संघ नेपालका प्रदेश नं। ५ का संयोजक मनोहर बुढाथोकीले प्रहरी र अदालतमा केश मिलाई दिन्छु भन्दै लाखौं घुस खाएको आरोप लागेको छ । बबई गाउँपालिका वडा नं। ५ हापुरे निवासी देवी पुनले पूर्व नेकपा एमाले दाङका जिल्ला सचिवालय सदस्य समेत रहेका बुढाथोकी माथि त्यस्तो आरोप लगाएकी हुन ।

पुनका छोरा तथा ट्रक चालक बासुदेव पुनमाथि लागेको करणी मुद्दा मिलाइ दिने भन्दै युवा नेता बुढाथोकीले दश लाख सात हजार रुपैंया लगेको पुनले बताएकी छन् । नेकपा पार्टी कार्यालय घोराही दाङमा विहीवार पुनले उक्त आसय सहितको ‘न्याय दिलाई पाउँ’ भन्ने निवेदन दिएकी छन् । देवी पुनले निवदेनमा आफुपनि नेकपाकै कार्यकर्ता भएको उल्लेख गरेकी छन् । पुनले आफ्नो छोरा बासुदेव हालसम्म तौलिहवा कारागारमै रहेको जानकारी दिएकी छन् ।

SPONSORED

बासुदेश २०७४ साल माघ २३ गते पक्राउ परेका थिए । त्यसपछि नेता बुढाथोकीले तपाँईको छोरा निर्दोश छ र छुट्छ भन्दै देवी पुनलाई आँफै फोन सम्पर्क गरेको निवदेनमा उल्लेख छ । ‘प्रहरी र वकिललाई घुस खुवाउन पैंशा दिनुपर्छ भन्नु भयो,’ देवी पुनले भनिन् ‘ मैले पटक पटक गरि उहाँलाई दश लाख ७ हजार रुपैंया ऋण कारेर दिएकी हुँ।’ पार्टी कार्यालयमा पुनले यही भनिन् । उनले दिएको निवेदनमा पनि उक्त कुरा उल्लेख गरिएकी छन् । पछिल्लो सयम एक वर्ष दिन पुग्नै लाग्दा समेत छोरा पनि नछुटेको र त्यत्तो पैंशापनि गुमेको भन्दै देवीको परिवारमा किचलो सुरु भएपछि बाध्य भएर न्याय खोज्दै पार्टी कार्यालयमा पुगेको पुनले निवेदनमा उल्लेख गरेकी छन् । त्यही झगडाले आफ्नो घरवार विग्रने वा आँफुले आत्महत्या गर्नुपर्ने परिस्थिति उत्पन्न भएको हुँदा न्यायका लागि उनले पार्टीका नेताहरु संग याचना गरेकी छन् ।

पुनले जसरी हुन्छ बुढाथोकी बाट आफ्नो दशलाख रकम फिर्ता गरिदिन र आफुलाई न्यायदिन मागपनि गरेकी छन् । विहीवार पार्टी कार्यालय घोराहीमा पुगेर पूर्व एमालेका दाङ जिल्ला अध्यक्ष एवं नेकपा ५ नं। प्रदेशका सदस्य टिकाराम खड्का र पूर्व माओवादीका जिल्ला सचिव एवं नेकपा ५ नं। प्रदेशका सदस्य रामजी चौधरी ९मिलन०लाई सम्वोधन गर्दै न्यायको लागि याचना गर्दै पुनले निवेदन बुझाएकी हुन ।

आरोपित युवा नेता बुढाथोकी मुख्य मन्त्री शंकर पोखरेलका प्रिय पात्र मानिन्छन् । पोखरेलकै नाम भजाएर उनले प्रहरी प्रशासनमा राम्रो पकड जमाउँदै आएको पूर्व एमालेकै नेताहरु बताउँछन् ।