दाङलाई स्थायि राजधानि बनाउने विषयमा किन प्रदेशको हाउसमा वोल्दैनन प्रदेश सभा सदस्य डिल्ली चौधरी

२०७५ पुष २७, शुक्रबार १६:२९ मा प्रकाशित

घोराही, पुस २७ । प्रदेशको स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेसले माघ ३ गते बुटवलमा गर्ने बृहत् जनप्रर्दशन गर्ने भएको छ । तर, दाङवाटै प्रतिनिधित्व गर्ने प्रदेश सांसद डिल्लि चौधरी भने दाङलाई स्थायि राजधानि बनाउनुपर्ने विषयमा अहिलेसम्म् हाउसमा वोलेका छैनन् । यसअघिका हाउसमा प्रदेश सभा सदस्य चौधरीले स्थायी राजधानि तोक्न र नामाकरण गर्नुपर्ने वोल्दै आएपनि अहिले भने स्थायि राजधानिको विषयमा दाङको पक्षमा हाउसमा वोलेका छैनन् ।

तत्कालिन काग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रम राज्यमन्त्रि रहेका चौधरीले दाङ नै अस्थायि राजधानि हुने भन्दै कयौँ पटक दिपावलि गर्न दङ्गालिलाई आग्रह गरे । देउवा निकट भनिएका चौधरी राज्यमन्त्रि हुँदा सोही देउवा सरकारले दाङ नभई बुटवललाई अस्थायी राजधानि तोक्यो । देउवा निकट बुटवलका काग्रेसका प्रभावशालि नेता वालकृष्ण खाँडले प्रत्यक्ष प्रभाव पारेपछि देउवाले अस्थायि राजधानि बुटवल तोकेका थिए । काग्रेसकै सरकारले अस्थायि बुटवल तोकेपछि आफ्नो राजनिति वचाउन तुलसिपुरमा आफ्नै सरकारविरुद्ध आन्दोलनको नेतृत्व गरे । तर, राजधानिको आन्दोलन त्यसै तुहीयो । तर, चुनावकै वेला सभामुख कृष्णबहादुर महरा र मुख्यमन्त्रि शंकर पोख्रेलले पनि आफुलाई जिताएको खण्डमा राजधानि ल्याउने भनेर मनग्य आश्वासन दिएकै हुन् । तर, नेकपाको दुई तिहाई हुँदा पनि प्रदेश ५ ले नाम र राजधानि केही पाएको छैन् । कांग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर २ को बिहीवार बसेको बैठकले जनप्रदर्शन गर्ने निर्णय गर्दै जनप्रर्दशनलाई ऐतिहासिक बनाउन र व्यापक जनसहभागिता जुटाउनका लागि कांग्रेसका नगर, वडा तथा टोल समितिको परिचालन तथा प्रचारप्रसार तीव्र बनाउने निर्णय पनि गरिएको छ ।दुईतिहाई बहुमतको आडमा जनभावना विपरीत राजधानी सार्नेसम्मको षड्यन्त्रका विषयमा सचेत हुन सबै जिल्लावासीमा आग्रह गरेको क्षेत्रीय सभापति हरि लम्सासले जानकारी दिए ।

बैठकमा क्षेत्र नम्बर २ अन्तर्गतका २३ वटा वडाका सभापति बुटवल तिलोत्तमा तथा सैनामैनाका नगर समितिका पदाधिकारी तथा सदस्यले सबै कांग्रेसका क्रियाशील सदस्यलाई परिचालन गर्ने र प्रत्येक घरबाट माघ ३ गते बुटवलमा जनसहभागिता गराउने विषयमा निर्णय भएको छ ।सो अवसरमा बोल्दै सभापति लम्सालले शेरबहादुर देउवा नेतृत्वको विगतको सरकारले बुटवलमा अस्थायी राजधानी तोकेपनि राजनीतिक आग्रह पूर्वाग्रहमा बुटवलबाट अन्यत्र सार्ने कुरा बुटवलका सर्वसाधारणका लागि स्वीकार्य नहुने बताए ।बुटवलका संघसंस्थाले आफ्ना कार्यालयदेखि सबै संरचना त्यागेर राजधानी राखेपनि अब यसलाई अन्यत्र लैजाने कुरा कदापी नहुने उनले बताए । माघ ३ गते प्रदेशको अस्थायी राजधानी बुटवल तोकिएको १ वर्ष पुग्दैछ । तर प्रदेश सरकारले १ वर्षको अवधिमा पनि स्थायी राजधानीका लागि पहल नगरेको र अन्यत्र सार्ने षड्यन्त्र भइरहेको कांग्रेसको आरोप रहेको छ ।षड्यन्त्रको भण्डाफोर गर्न ३ गते पार्टीका केन्द्रिय नेताको सहभागितामा जनप्रर्दशन तथा खबरदारी सभाको आयोजना गरिएको यसअघि नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।