समायोजन र दरबन्दि मिलान नहुदै उपमहानगरका सबै स्तरका कर्मचारीहरुको म्याद थप हुदैन–प्रमुख प्रशासकिय अधिकृत सुनार

२०७५ पुष २६, बिहीबार २२:१८ मा प्रकाशित

घोराही, पुस २६ । घोराही उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले पुसदेखी सबै प्रकारका करार कर्मचारीहरुको म्याद नथपिने बताएका छन् । सुनारले भने–समायोजन र दरबन्दि मिलान नहुदै म्याद थप हुदैन, स्विकृत दरबन्दिमा बिज्ञापन हुन्छ ।’ उनले अहिले नयाँ दरवन्दि स्विकृती भएर आएको भन्दै कर्मचारी समायोजन र दरवन्दि मिलान नभएसम्म कसैको म्याद थप नहुने बताए ।

उनले आफु आउनु भन्दा अगाडि नै कार्यपालिका बैठकवाट पुस सम्म उपमहानगरपालिकाका सबै करार कर्मचारीहरुको पुस सम्म म्याद थपिएको भन्दै अव आवश्यक जनशक्ति विज्ञापन गरेरै राख्नुपर्ने बताए । सुनारले भने–महीला जागृत,गरीवसंग विश्वेश्वर लगायत सबै स्तरका करार तर्फका कर्मचारीहरुको म्याद पुस सम्म थपिएको रहेछ, त्यस्तै विभिन्न गैर सरकारी संघ संस्थाद्वारा सञ्चालित एलजिसिडिपि कार्यत्रक्रम अन्तरगत १९ वटै वडामा रहेका सामाजिक परीचालकहरुको पनि पुसदेखि म्याद सकिन्छ, म कानुनभन्दा वाहीर जादैन, अव म्याद थप्ने कुरा हुँदैन, विज्ञापन गरी प्रकृया पु¥याएर नै अव काम गर्छौ ।’

SPONSORED

उनले आफुले यस अगाडि पनि पुससम्म थपिएका सबै स्तरका करारका कर्मचारीहरुको म्याद थप्ने कुरा सहमत हुन नसक्ने बताइसकेको र प्रकृयामा लैजाने कुरामा आफु प्रतिवद्ध रहेको बताए । यस अगाडि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले कानुनसम्म प्रकृयामा लैजान उपमहानगरपालिका तयार रहेको र प्रकृयामा लैजाने कुरामा आफु पनि सहमत रहेको बताएका थिए । यसपुर्व त्रिपुर नगरपालिका घोराही उपमहानगरपालिकामा मिसाउदा पनि विज्ञापन नै नगरी त्यहा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी दिईएको छ । त्यस्तै एलजिसिडिपि कार्यक्रम अन्तगत घोराही उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुलाई विज्ञापन नै नगरेर उपमहानगरपालिकाले जिम्मेवारी दिएको छ ।