घोराहीमा २ दिने प्रदेशस्तरीय माघ महोत्सव शुुरु

२०७५ पुष २६, बिहीबार २१:०४ मा प्रकाशित

घोराही, २६ पुस
दाङको घोराहीमा आज देखि प्रदेशस्तरीय माघी महोत्सव शुुरु भएको छ । महोत्सवको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको छ ।

‘सांस्कृतीक विकासके लाग् हमार अभियान, सामाजिक न्याय सहितक समृद्धिम हमार योगदान’ भन्ने मुल नाराका साथ प्रदेशस्तरीय माघ महोत्सव–२०७५ शुुुरु भएको हो ।

SPONSORED

महोत्सवमा प्रदेश पाँच अन्तरर्गतका थारु समुदायको बाक्लो बसोवास रहेको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया लगायत कर्णाली प्रदेशको सुर्खेत साथै प्रदेश ७ को कैलाली र कञ्चनपुर जिल्लाको टिम सहभागिता रहेको छ ।

थारु परम्परागत संस्कृती, नाचगान कला एवं भेषभुषा संरक्षण तथा विकास गर्ने, थारु परम्परागत गीतबाँस, लोकगीतको प्रचार÷प्रसार तथा विकास गर्ने, संस्कृती संरक्षण तथा विकासमा थारु कलाकारहरुलाई हौसाउने महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरीले जानकारी दिनुभयो ।

युवाहरुलाई थारु लोक सँस्कृती तर्फ आकर्षित गर्ने, थारु परम्परागत परिकारको प्रचार÷प्रसार गर्ने, थारु भाषा र साहित्यको विकासमा टेवा पु¥याउने, बालश्रम तथा कमैया÷कमलहरी प्रथा विरुद्ध जागरण गर्ने महोत्सवको उद्देश्य भएको उहाँको भनाई छ ।

SPONSORED

कार्यक्रममा प्रदेश पाँचका प्रतिनिधीमुलक नाचहरु प्रस्तुत गर्ने, पुस्तक प्रर्दशनी, थारु परम्परागत परिकारको प्रर्दशनी तथा बिक्रि वितरण गर्ने, थारु कला सँस्कृतीको प्रर्दशनी गर्ने, कलाकारहरु तथा साहित्यकारवाट कला÷साहित्य प्रस्तुतीको कार्यक्रम, थारु भाषा र साहित्यको बिकासमा राज्यको नीति तथा कार्यक्रम सम्बन्धमा कार्यशाला संचालन गर्ने आयोजकले जनाएको छ ।