किसान नेता लालबहादुर चौधरीलाई श्रद्धाञ्जलि दिन सौडियार पुगे मुख्यमन्त्रि पोख्रेल

२०७५ पुष २६, बिहीबार २०:४२ मा प्रकाशित

घोराही, पुस २६ । घोराही ७ सुक्रवार निवासि किसान नेता स्व. लालबहादुर चौधरीको निधनप्रति दुख ब्यक्त गर्दै प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले चौधरीप्रति श्रद्धाञ्जलि ब्यक्त गरेका छन । विहिवार मुख्यमन्त्रि पोख्रेल स्व.चौधरीको निवासमै पुगेर भावपुर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परीवारजनप्रति गहीरो समवेदना प्रकट गरेका छन् । मुख्यमन्त्रि पोख्रेलले शोक पुस्तिकामा ‘किसान नेता कमरेड लालवहादुर चौधरीप्रति भावपूर्ण श्रद्धान्जली । दाङको कम्युनिष्ट आन्दोलनमा उहाँ र उहाँको परिवारको योगदान सदैब स्मरणीय छ ।’ लेखेका छन् ।