दाङमा फुटवल खेलाडि छनौटमा क्षेत्रीयतावादि चिन्तन हावि भएको भन्दै चर्को विरोध

२०७५ मंसिर २०, बिहीबार १८:५७ मा प्रकाशित

फुटवल खेलाडी छनोटप्रति पत्रकार सम्मेलन गरेर खेलाडिहरुले जनाए असहमति

दाङ,२० मंसिर । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दाङ जिल्लामा भएको खेलाडी छनोटप्रति खेलाडीहरुले गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

विहिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि जिल्लाको प्रतिष्ठासँग जोडिएको खेलाडी छनोट कार्यलाई केही व्यक्तिहरुले निहित स्वार्थमा रहि खेलाडी छनोट गरेको भन्दै उनीहरुले खेलाडी छनोटको कार्यप्रति असहमति जनाएका हुन ।

पत्रकार सम्मेलनमा दाङ जिल्ला फुटवल संघका महासचिव नरेन्द्र पुनले जिल्लाको प्रतिष्ठासँँग जोडिएको खेलमा खेलाडीहरु छनोट गर्दा जिल्लाका सम्पुर्ण खेलाडीहरुलाई सहभागी बनाएर गरिनुपर्ने भएपनि जिल्ला खेलकुद विकास समिति र फुटवल संघमा आवद्ध केही व्यक्तिहरुले आफु निकटका खेलाडीहरुलाई मात्र छनोट गरेको बताए । यस्तो कार्यले जिल्लाको खेलकुद विकास हुन नसक्ने भन्दै खेलाडीहरुको मनोवल गिराउने काम गर्न समेत सवैलाई आग्रह गरे ।

दाङ फुटवल महासंघका महासचिव नरेन्द्र पुन, राप्ती क्वलका अध्यक्ष बसन्त पुरी, अटल युव क्लवका सचिव शक्तिराम वली, नवलपुर युवा क्लवका अध्यक्ष दिपक पुन, यु।एन।वि।सी फुटवल क्वलका अध्यक्ष अमर रोका, यु।वि।एफ।सी फुटवल क्वलका अध्यक्ष डा।गिरबहादुर महरा ‘रोदन’, किसान जागृती युवा क्लवका अध्यक्ष किरण चौधरी, न्यू स्टार फुटवल एकेडेमी क्लवका अध्यक्ष खुम वली, बडहरा युवा क्लवका अध्यक्ष इराक जिएम, ड्रिमल्याण्ड क्लवका अध्यक्ष तेजेन्द्र डिसी र मेगा युथ क्वलका अध्यक्ष रोहित बुढाथोकीले बुधवार तुलसीपुरमा गरिएको खेलाडी छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन ।

नवलपुर युवा क्वलका अध्यक्ष दिपक पुनको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्षँ सविन प्रियासनको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको थियो ।