आफैले पढेको विद्यालयमा शिक्षक बन्दा…

२०७५ मंसिर १९, बुधबार २१:३५ मा प्रकाशित

दाङ । समाजमा अपांगता भएका मानिसहरुलाई हेर्ने दृष्टिकोण अहिले धेरै परिवर्तन भएको छ । कुनै समय थियो, समाजमा अपांगहरुले केही गर्न सक्दैनन भने । त्यसमा पनि शारीरिक अपांगता भएका व्यक्तिहरुलाई तल्लो दर्जाका रुपमा हेरिन्थ्यो । उनीले केही गर्न सक्दैनन् भन्ने जस्तो गरिन्थ्यो । त्यही समाजको एउटा सिरको पात्र हुन कृष्णबहादुर चौधरी ।

घोराही उपमहानगरपालिका–१४ ढोडेनी निवासी चौधरी शारीरिक अपांग हुन । सानोमा दादुरा रोगका कारण विरामी परेका चौधरी दादुराको खोप लगाउँदा लगादै उनलाई पोलियो रोगले समात्यो । जसका कारण चौधरीको दायाँ खुट्टा विग्रियो । दाहिने कान पनि सानो भयो । जसका कारण उनलाई हिड्डुल गर्न समस्या हुन थाल्यो । खु्ट्टा र खानका कारण अपांगता जीवन जीईरहेका चौधरीले जीवनमा धेरै संघर्ष गर्नुपरेको छ । ४६बर्षिय चौधरीको जीवनमा धेरै तिता र मिठा पलहरु छन । चौधरीको संघर्षशिल जीवन खोतल्ने प्रयास गरेका छौँ ।

चौधरीले जीवनमा कहिल्यै हरेस खाएनन् । समाजको नकारात्मक दृष्टिकोण बदल्ने सोचमा लागिरहे र समस्यालाई पच्छाउदै अघि बढिरहे । सारीरिक अपांगताका कारणले हिड्न निकै समस्या हुने गरेको थियो । जसका कारण चौधरीलाई स्कुलसम्म पुग्न समेत समस्या हुन्थ्यो । त्यसैमा घरपरिवार, आफन्त र गाउँमा अपांग छस नपढ, तैले पढ्न सक्दैन्स समेत भने । तर उनले त्यी भनाईहरुको वास्ता गरेनन् बरु उल्टै ती भनाईहरुलाई इखका रुपमा लिए । यही समाज केही गरेर देखाउने मनमा अठोट लिए । नभन्दै चौधरीले घोराही उपमहानगरपालिका वडा नं. १३ मा रहेको श्री बराह क्षेत्र माध्यामिक विद्यालयमवाट २०५२ सालमा एसएलसी पास गरे । त्यसको करिव १३ बर्षपछि  २०६५ सालमा चौधरीले आफैले पढेको विद्यालयमा शिक्षकका रुपमा प्रवेश गरे ।

त्यो पल उनका लागि जीवनको सवैभन्दा ठुलो खुशीको पल हो । अहिले पनि सम्झन्छन–‘म विद्यालय पढ्न जादाँ तँ पढ्न सक्दैनन् भन्थे,पढ्दै गर्दा पढेर के गर्ने होस भन्र्थे तर मैले उनीहरुको भनाईलाई वास्ता गरेनन् र पढिरहे,त्यसैको फल आफैले पढेको स्कुलमा स्कुलमा शिक्षक भएर सवैलाई देखाईदिए ।’ त्यसपछि ती पढेर के गर्छस भन्ने मान्छेहरुले पनि बधाई दिएको उनीमा अनुभव छ । त्यसै शिक्षण पेशावाट आएको पैसाले घर परिवार समेत चलाउदै आएको उनी बताउछन ।

उनको अर्काे खुशीको क्षण हो आपैmले कार्यालय सहयोगीका रुपमा काम गरेको सस्थाको अध्यक्ष हुदाँको पल । चौधरीले एसएलसी पास गरेपछि घरपरिवारको कमजोर आर्थिक अवस्थाका पढाईलाई अघि बढाउन सकेनन् । बरु उनले केही समय हाउस वाईरिङको काम गरे गाउँघ र घोराही बजारमा । शारीरिक अपांगताका कारण त्यो पेसा पनि धेरै समय गर्न सकेनन् । त्यही समयमा २०५८ सालतिर घोराहीमा अपांग मानवअधिकार एव सरोकार मञ्च भन्ने सस्था खुल्यो । त्यसका लागि कार्यालय सहयोग आवश्यक परेको रहिछ । त्यसपछि हाउस वाईरिङको काम छोडेर त्यही संस्थाको कार्यालय सहयोगीका रुपमा काम गर्न थाले । सस्थाले अपांगता भएका व्यक्तिहरुको अधिकारसँगै जीविको पार्जनमा सहयोग पु¥याउने उद्देश्यले काम गर्ने गर्दथ्यो ।

करिव छ महिना सस्थाको कार्यालय सहयोगी भएर काम गरेका चौधरी त्यसपछि सस्थाको सदस्य भए । त्यो विचमा सस्थावाट राजिनामा गरेर सस्था अन्तर्गत नै ‘समुदायमा आधारित पुनःस्थापना कार्य’ भन्ने एउटा पोजेक्टमा काम गरे । त्यो भने लामो समय काम गरेनन् । त्यसपछि पोजेक्टको काम छोडेर सस्थाको काममा आवद्ध भए । त्यही विचमा चौधरी सस्थाको कोषाध्यक्ष भए । उनले करिव दश बर्ष सस्थाको कोषाध्यक्षका रुपमा काम गरे । त्यसपछि २०७० सालमा सस्थाको अधिवेशन भयो । त्यो अधिवेशनले कृष्ण चौधरीलाई सस्थाको अध्यक्ष बनायो ।

आफुले कार्यालय सहयोगीका रुपमा काम गरेको सस्थाको शिर्ष स्थान अध्यक्षमा निर्वाचित हुदाको त्यो क्षण चौधरीको जीवनको अर्काे महत्वपुर्ण खुशीको क्षण हो । चौधरीले अहिले पनि त्यो दिनलाई जीवनकै महत्वपुर्ण खुशीको क्षणका रुपमा लिने गरेका छन् । त्यो अवसर जो कोहीले नपाउने समेत उनी बताउछन । सस्थाको अध्यक्षमा रहदा जिल्लाका विभिन्न स्थानमा विपद् व्यवस्थापन तथा अपांगता भएका व्यक्तिहरुको अधिकारका क्षेत्रमा धेरै नमूना कामहरु गरेको बताउछन ।

२०५९ सालमा तुलसीपुर उपमहानगरपालिका–१४ (साविक डुरुवा गाविस ६ धमकापुर) निवासी गुल्वी चौधरीसँग विवाह गरे । विवाह गर्दाको उनीसँग अचम्मको पल छ । घरपरिवारले मेरो विवाह गरिदिने कुरा गर्नुभयो ।बुबा र आफन्तहरु मिलेर धमकापुरमा केटी पनि हेर्दिनुभयो । घरपरिवारका विचमा विवाह गर्ने सहमति भएपछि केटाकेटीहरुलाई भेट गराउने कुरा भएछ । त्यसैले म पनि गएर भेटे । हामी केटाकेटीहरुका विचमा पनि कुरा भयो । त्यो मन पराएको र विवाह गर्ने कुरा भयो । हामीहरु घर फर्कियौ । त्यसको केही समयपछि हामीलाई विवाह गर्ने कुरा भयो र हामीलाई केटी लिन बोलाईयो । यहाँवाट हामीहरु केटी ल्याउने भनेर धमकापुर गयौँ तर घरपरिवारले केटी मान्दैनन् भनेर केटी दिन मानेनन् ।

जसको कारण म अपांग हुनु थियो । अपांगता भएका कारण यसले कसरी छोरीलाई पाल्छ भन्ने रहेछ , त्यो पछि थाहा भयो । विवाह नहुने भएपछि त्यो रात हामी त्यही गाउँमा आफन्तका घरमा बस्यौ । संयोग नै भन्नुपर्छ रातभरीमा आफन्तहरुले एउटी केटी खोज्नु भएछ । त्यसपछि टिकालगाएर घर फर्कियौ । त्यो जीवनको मेरो जीवनको मिश्रित क्षण हो । सुख र दःखको । त्यो क्षणलाई जीवनमा सधै सम्झने गरेको छु । २०४९ सालतिर उनको जीवनमा एउटा रमाइलो घट्ना घटेको छ । खुट्टाको अपांग भएका कारण उनलाई हिडडुल गर्न समस्या थियो । त्यसैमा साईकल चलाउन निकै समस्या हुन्थ्यो ।

तर चलाउन सके सहज हुने भएकाले घरपरिवारले एउटा हर्कुलस साइकल किन्दिएका थिए । त्यही साइकल भर्खभर्खर चलाउन सिक्दै थिए । त्यही समयमा घरको नजिकै रहेको नेपाली सेनाको व्यारेकमा हेलिकोप्टर आउथ्यो । मैले घरमा साइकल चलाउदै थिए,त्यही समयमा व्यारेकमा हेलिकोप्टर आयो । हेलिकोप्टरको ठुलो आवाज आयो,हेलिकोप्टर हेर्ने मानमा तिव्र इच्छाका कारण म सिक्दै गरेको साईकल चलाउदै सेनाको व्यारेकतिर जादै थिए । हेलिकोप्टर व्यारेकतिर बस्र्दै थियो । हेलिकोप्टर बस्न थालेको देखेपछि मैले साईकल चलाएको पनि भुलेछु, त्यो हेलिकोप्टर देखेर ।

त्यसको एक्छिनपछि म झसंग भए,म तँ हेलिकोप्टर हेर्दाहेर्दै बाटोदेखि तल रहेको नालामा परेको थिए । साईकल एकातिर मान्छे एकातिर । त्यो साईकलसँगको लडाईले मलाई एक महिना थला परे । जुन खुट्टामा समस्या थियो,त्येही खुट्टामा चोट लाग्यो । सवैले गाली गर्नुभयो त्यो दिन मलाई । त्यो हेलिकोष्टर हेर्न जादाको दुर्घटनामा जीवनमा कहिल्यै नभुल्ने घट्ना बनेर मनमा बसेको छ । अहिले पनि त्यो बाटो हिड्दा,त्यही दिनको घट्ना याद आउछ ।

२०३४ साल माघ महिनामा बुबा मनिराम चौधरी र आमा भुपली चौधरीको कोखवाट जन्म लिएका चौधरीका अहिले एक छोरा र एक छोरी गरि दुई सन्तान छन । चौधरी अपांग मानवअधिकार एव सरोकार मञ्चसँगै मानव अधिकार जागरण मञ्च, नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र, नेपाल रेडक्रस सोसाईटीलगायतका संघसस्थाहरुमा आवद्ध रहेर काम गरिरहेका छन ।

प्रस्तुती लिलाधर वली