सभामुख महराले घरमै पुगेर श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना दिए

२०७५ मंसिर १९, बुधबार १९:४३ मा प्रकाशित

घोराही, मंसिर १९ । सभामुख कृष्णबहादुर महराले बुधवार केही दिनअघि निधन भएका घोराही उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष लछिनप्रसाद बुढामगर र तलाउमा डुबेर निधन भएका घोराहीका विद्यार्थी लक्ष्मण डिसीको निधनप्रति दुख ब्यक्त गर्दै श्रद्धाञ्जलि ब्यक्त गरेका छन् ।

घर पुगेर महराले दुबैलाई श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
त्यस्तै महराले केही दिनअघि निधन भएका नगर विकास समिति घोराहीका पूर्वअध्यक्ष बशीर अहमद सिद्दीकीको परिवारलाई पनि भेटेर समवेदना व्यक्त गरेका छन् ।