घोराही उपमहानगरकी सामाजिक विकासकि मोति विश्वकर्मा भन्छिन्–‘घोराही ७ मा प्रस्ताव नै स्विकृत भएको छैन, एन्जिओलाई कार्यक्रम दिएर चलाउन हामिले दिदैनौ’

घोराही ७ मा सरकारी बजेट सहयोगि गैर सरकारी संस्थामार्फत चलाउन खोजिएको आरोप

घोराही, कार्तिक २१ । केही महीना अगाडि घोराही उपमहानगरपालिका वडा नम्बर १६ सर्रामा घोराही ७ सौडियारका निजी तथा सामुदायिक विद्यालयका लागि मन्टेश्वरी तालिम सञ्चालन भयो । घोराही ७ सौडियारको वडा कार्यालयले उक्त तालिमको आयोजना नै गरेको भन्ने धेरैलाई लागेको थियो । तर, त्यो तालिम गैर सरकारी संस्था सहयोग समाज नेपाल सहयोगि संस्थाले चलाएको खुल्न आएको छ ।

सरकारी बजेट दिएर गैर सरकारी संस्थामार्फत तालिम चलाउन कानुन सम्मतरुपमा पाइदैन् । घोराही ७ को वडा कार्यालयले मन्टेश्वरी तालिमको सुचना विना प्रष्पिर्धा विज्ञापन नै ननिकालेर गैर सरकारी संस्थालाई दिएको खुल्न आएको छ । वडा कार्यालयले प्रकृया नै नपु¥याएर पहिलो चरणको तालिम सकीसकेको छ । पहिलो र दोस्रो चरणमा तालिम सम्पन्न गर्न करीव २ लाख बजेट खर्च हुनेछ । एन्जिओ सेक्टरमा लामो समय सम्म काम गरेका घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरी आफैमा एन्जिओ सेक्टरमा अनुभवि नै मानिन्छन् । यद्यपि, आफै वडा अध्यक्ष भएको उक्त वडाको कार्यक्रममा परेपनि सहयोगि गैर सरकारी संस्था सहयोग समाज नेपाललाई मन्टेश्वरी सम्वन्धि तालिम चलाउने अनुमति दिए । वडा अध्यक्ष चौधरीले प्रस्तावना घोराही उपमहानगरपालिकावाट स्विकृत नगराएर नै पहिलो चरणको तालिम सकेका छन् । घोराही उपमहानगरपालिकाको सामाजिक विकास शाखाले प्रस्तावना स्विकृत गरेपछि वडा कार्यालयले विज्ञ वोलाएर कार्यक्रम गर्न सक्ने प्राब्धान छ । सरकारी बजेट एन्जिओमार्फत खर्च गर्ने वडामा यो पहिलो हो ।

घोराही उपमहानगरपालिकाको अहिलेको निति तथा कार्यक्रममा सकभर वडाका सबै कार्यक्रम आफै चलाउने र कुनै–कुनै कार्यक्रम विज्ञापनमार्फत प्रस्तावना आह्रवान गरेर एन्जिओलाई चलाउन दिने नै छ । घोराही ७ को वडा कार्यालयले घोराही उपमहानगरपालिकाको सामाजिक विकास शाखावाट कार्यक्रमको प्रस्तावना नै स्विकृत नगराई वडावाटै सहयोगि गैर सरकारी संस्था सहयोग समाज नेपाल मार्फत कार्यक्रम चलाएको छ । यस विषयमा बुझ्न खोज्दा घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीले मन्टेश्वरी तालिम सहयोगि गैर सरकारी संस्था सहयोग समाज नेपालमार्फत चलाएको र आफु ब्यस्त भएको भन्दै फोन काटे । दुई चरणको तालिममा पहिलो चरणको सकिएको र दोस्रो चरणको पनि छिट्टै सञ्चालन हुने छ । तर, वडा अध्यक्ष चौधरी यस अगाडि आफै नै सहयोग समाज नेपालका अध्यक्ष थिए । प्रस्तावना नै स्विकृत नगर्नुका साथै विज्ञापन नगरेर उक्त कार्यक्रम आफ्नै एन्जिओलाई दिएको वडा अध्यक्ष चौधरीमाथि आरोप लागेको छ ।

यस विषयमा बुझ्न खोज्दा सामाजिक विकास शाखाकि मोति विश्वकर्माले सो कार्यक्रमको प्रस्तावना नै स्विकृती नभएको भन्दै यहाँवाट स्विकृति नलिएर कार्यक्रम गर्न नपाइने प्राब्धान छ । प्रस्तावना नै स्विकृत नगरेर वडा अध्यक्षले आफ्नो एन्जिओ सहयोग समाज नेपाललाई दिएपछि आलोचना भएको छ । वडाले आफै गर्न सक्ने कार्यक्रम आफ्नो एन्जिओलाई पार्नु राम्रो कुरा नभएको भन्दै वडा अध्यक्षको चारैतिर आलोचना भएको छ । सामाजिक विकास शाखाकि विश्वकर्माले भनिन्–‘वडाको वा उपमहानगरपालिकाको कार्यक्रम सबै सामाजिक विकास शाखावाट प्रस्ताव स्विकृत गरेर वल्ल विज्ञापन गरेर प्रस्ताव आह्रवान गर्नुपर्छ, जसको उत्कृष्ट प्रस्तावना हुन्छ त्यसलाई कार्यक्रम दिन सकिन्छ, सकभर वडाले नै कार्यक्रम चलाउदा राम्रो हुन्छ, एन्जिओवाट कार्यक्रम चलाउने कुरा उपमहानगरको कार्य विधिले दिदैन् ।’ प्रस्तावना स्विकृत नगरी एन्जिओवाट कार्यक्रम गर्नु ठिक नभएको भन्दै यहाँ कुनै प्रस्तावनाको फाइल नआएको पनि उनले जानकारी दिइन् ।