लमही नगरपालिकाका जनप्रतिनिधिले तलब बुझेको खुलासा

२०७४ माघ १०, बुधबार ०८:५१ मा प्रकाशित

दाङ, १० माघ । लमही नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो तलब÷भत्ता आफै तोकेर बुझेको विवरणहरु प्राप्त भएको छ । गत भदौ २७ र २८ गते लमहीमा सम्पन्न प्रथम नगरसभाले जनप्रतिनिधिहरुको तलब÷भत्ता तोकेको र साउनदेखि मंसिरसम्म पाँच महिनाको तलब÷भत्ता बुझेको खुलासा भएको हो ।

नगरबासीले निर्बाचित गरेका जनप्रतिनिधिहरुले आफ्नो तलब÷भत्ता आफै तोकेर बुभ्mन हतारो गरेको भन्दै आलोचना सुरु भएको र त्यसबारेमा नगरपालिकासंग सुचना माग्दा उपलब्ध नभएपछि पत्रकार केपी घिमिरेले लिखित सूचना माग गरेका थिए । पुस २४ गते घिमिरेले जनप्रतिनिधिहरुले प्राप्त गर्ने तलब÷भत्ता र प्रथम नगरसभामा भएको खर्च बिबरण बारे सूचनाको हक प्रयोग गर्दै निवेदन दर्ता गराएका थिए ।

SPONSORED

निवेदनको आधारमा नगरपालिकाले मंगलबार उपलब्ध गराएको सूचनामा नगर प्रमुखले मासिक ३५ हजार, उपप्रमुखले ३० हजार, वडाध्यक्षले २५ हजार र सदस्यहरुले मासिक पाँच हजार रुपैयाँ गत साउनदेखि मंसिरसम्म खाई पाई आएको उल्लेख छ । नगरपालिकाले उपलब्ध गराएको सूचना अधुरो रहेको भनाई घिमिरेको छ । निवेदनमा प्रमाणित प्रतिलिपी माग गरिएको थियो । प्रथम नगरसभाको बैठकबाट गरिएका निर्णयहरु नगरपालिकाको वेबसाईडमा पनि राखीएको छैन ।

SPONSORED

यसैगरी लमही नगर कार्यपालिकाको पुस २० गते सम्पन्न बैठकले पुसदेखि नगरपालिकाका पदाधिकारीहरुको मासिक पारिश्रमिक सेवा सुविधा स्थगित गर्ने निर्णय गरेको छ । नगरपालिकाले उपलब्ध गराएको सूचनामा अर्काे ब्यबस्था नभएसम्म नगरपालिकाका पदाधिकारीहरुको पारिश्रमिक, सेवा सुबिधा नलिने गरी स्थगित गर्ने निर्णय भएको उल्लेख छ ।

SPONSORED