टेलीसेन्टरमा पनि सेवा लिन गएनन् नागरिक

२०७४ पुष १३, बिहीबार ०८:१२ मा प्रकाशित

जित सागर जिएम
घोराही, १३ पुुस । चिठ्ठी पत्रको आदान–प्रदानमा कमी आएपछि सञ्चालनमा ल्याइएका टेली सेन्टर सेवा पनि प्रभाबकारी हुन सकेका छैनन् । बढ्दो सुचना र प्रबिधीको विकाससंगै हुलाक कार्यालयले जिल्लामा सञ्चालनमा ल्याएका टेली सेन्टर प्रयोगमा कमी देखिएको हो ।

दाङमा सञ्चालनमा आएका ७ ओटा टेली सेन्टरमध्ये पाँच वटा टेली सेन्टरमा सेवा लिनेको संख्या बृद्धि हुन नसकेको जिल्ला हुलाक कार्यालय दाङका सुचना अधिकारी श्याम एमसीले जानकारी दिनुभयो । उहाँका अनुसार इलाका हुलाक कार्यालय रामपुर र इलाका हुलाक कार्यालय जुम्लेपानीमा सञ्चालित टेली सेन्टरमा सेवा लिनेको संख्या बृद्धि भएको छ ।

SPONSORED

टेली सेन्टरमा इमेल, इन्टरनेट, फोटोकपी, लेमिनेशन तथा कम्प्युटर सिकाइने गरेको सुचना अधिकारी एमसीले बताउनुभयो । टेली सेन्टरमा अन्य स्थानको तुलनामा केही छुट रहेको उहाँको भनाई छ । दाङमा तुलसीपुर, लमही, भालुबाङ, हेकुली, मानपुर, रामपुर र जुम्लेपानीमा टेली सेन्टर सञ्चालमा आएको जिल्ला हुलाक कार्यालय दाङले जनाएको छ ।

SPONSORED

 

SPONSORED