पत्रकार महासंघ दाङका सदस्य पाण्डव प्रशाद शर्माले महराको यौन प्रकरणमा वचाउ गर्दै सभामुखमा पुनर्वहाल गरिनु पर्छ, एउटा मतदाताका हैसियतले हाम्रो माग हो यो’

२०७६ आश्विन १८, शनिबार २०:४७ मा प्रकाशित

घोराही, असोज १८ । नेपाल पत्रकार महासंघ दाङका सदस्य पाण्डव प्रशाद शर्माले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाईएको वलात्कार अभियोग प्रकरणमा वचाउ गर्दै आरोप लगाउने महीलाले नै डिप्रेसनको औषधि खाने गरेको भनिसकेको अवस्थामा सभामुखमा पुनर्वहाल गरिनु पर्ने एउटा मतदाताका हैसियतले हाम्रो माग भएको दावि गरेका छन् ।

नेकपा घोराही १५ का वडा सचिव समेतसमेत रहेका शर्माले फेसवुकवाट भनेका छन्–आरोप लगाउने महिलाले नै मैले डिप्रेशनको औषधी खान्छु । मलाई कर्मचारी समायोजनमा सहयोग नगरेकाले रिसको झोकमा भनेको हुँ भनिसकेको भिडियो आइसकेको छ । अब तत्काल ती महिलालाई पक्राउ गरि मानसिक अस्पताल पुर्याउनु पर्छ । सभामुखज्युको राजिनामा फिर्ता हुन्छ या कानुनी प्रकृयाले मान्दैन भने पुनः संसद्मा सभामुखको निर्वाचन गराएर हुन्छ उहाँलाई सभामुखमा पुनर्वहाल गरिनु पर्छ । एउटा मतदाताका हैसियतले हाम्रो माग हो यो ।’

SPONSORED

SPONSORED