हिराचन्द्र केसिलाई सुन ब्यापारी भन्दै तुलसिपुरका गणेश आचार्यले दिपक गिरीलाई अवैध क्रशर ब्यापारीको आरोप लगाए

२०७६ असार १४, शनिबार १२:०२ मा प्रकाशित

तुलसिपुर, असार १४ । तुलसिपुरका गणेश आचार्यले काग्रेस नेता दिपक गिरीमाथि अवैध क्रशर ब्यापारीको गम्भिर आरोप लगाएका छन् । केही दिन अगाडि आफ्नो चुनावि हारको विषयको प्रसंगमा एउटा युटुव च्यानलसंगको अन्तरवार्तामा गिरीले तत्कालिन एमालेवाट उम्मेद्वार बनेर चुनावमा विजय भएका हिराचन्द्र केसिलाई आफुलाई कुनै राजनितिज्ञ भन्दा पनि एमाले समर्थित सुन ब्यापारीले हराएको आरोप लगाएका थिए ।

उनले आफ्नो निर्वाचन क्षेत्र दाङ क्षेत्र नम्बर ३ मा अरु कोही उठ्न नमानेको चर्चा गर्दै आफुलाई सुन ब्यापारीले चुनावमा हराएको बताएका थिए । केसिको वचाउमा तुलसिपुरका आचार्यले भनेका छन्–‘काँग्रेस नेता दिपक गिरीले खोइ कताको अन्तर्वार्तामा आफुलाई एमालेको सुन व्यापारीले हराएको भने रे । दिपक गिरीलाई हेक्का रह‍ोस्, कि तपाइँलाई हराउने एमाले नेता हिराचन्द्र केसी बैध सुन व्यापारी हुन् । तर,तपाईं अबैध क्रसर व्यापारी हो । तपाईंको क्रसर मापदण्ड विपरीत संचालन भइरहेको छ ।

SPONSORED

यस्ता कानुन मिच्ने बदमाश नेताले ठुला कुरा नगरे हुन्छ ।’ यस वारेमा गिरीको प्रतिक्रीया लिन खोज्दा आफु कुनै पनि अवैध कार्यमा संलग्न नरहेको र गलत कुराहरु लेखेर अफवाह फैलाउन खोजेको भन्दै आफुमाथि लगाएको आरोपको पुष्ट्रि गर्न पनि चुनौति दिएका छन् । गिरीले सांसद हिराचन्द्र केसिमाथि लगाएको आरोपको विषयमा स्वयम केसिसंग बुझ्न खोज्दा उनको मोवाइल स्विच अफ रहेको छ । आचार्य तत्कालिन एमाले समर्थीत पत्रकारहरुको संगठन हालको प्रेस संगठन नेपाला(प्रेस चौतारी नेपालका) सदस्य पनि हुन् ।

SPONSORED

SPONSORED