जनता बैंकद्वारा स्थापना दिवसमा रक्तदान

२०७५ चैत्र २३, शनिबार २२:५१ मा प्रकाशित

दाङ, २३ चैत्र | जनता बैंकले आज दाङ सहित देशभर १० औँ स्थापना दिवस मनाएको छ । देशभर १ सय २८ शाखा स्थापना गर्न सफल बैंकले आज १० औँ स्थापना दिवस मनाएको हो । दाङमा बैंकको घोराही र तुलसीपुर शाखाले पनि संयुक्तरुपमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम गरेर १० औँ स्थापना दिवस मनाएका छन् ।

बैंकले बिहान प्रभातफेरी गरेर शाखा तुलसीपुरमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । बैंकका घोराही शाखा प्रवन्धक संजय बगाले, तुलसीपुर शाखा प्रवन्धक उमंग अधिकारी सहित कर्मचारी, विभिन्न बृद्धिजीवी, नागरिक समाज, व्यापारी लगायतले रक्तदान गरेका हुन् ।

SPONSORED

यसैबीच बैंकले आज १० औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व कार्यmक्रम अन्तगर्त एक जना विपन्न छात्रालाई छात्रबृद्धी प्रदान गरेको छ । बैंकले तुलुसीपुर उपमहानगरपालिका—१६ मा रहेको लक्ष्मी आधारभुत निमाविमा अध्ययनरत्त छात्रा यामकुमारी घर्तीलाई नगद पाँचहजार सहयोग गरेको हो ।

बैंकले दाङका २० जना स्थानीयलाई रोजगारी प्रदान गरेको छ भने दाङमामात्रै करिब ४ हजार १ सय जना ग्राहक संख्या रहेको जनाएको छ ।

SPONSORED