२०७५ फाल्गुन २६, आईतवार २२:५० मा प्रकाशित

घोराही, फागुन २६ ।घोराही उपमहानगरपालिका वडा नम्वर ७ को आयोजनामा आइतबारदेखि हाउस वाईरिङ तालिम शुुरु भएको छ । वडाभित्र रहेका बिपन्न युवालाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाको चालु आर्थिक बर्षमा बिनियोजित कार्यक्रम अन्तरगत १५ जना युवालाई हाउस वाईरिङ सम्वन्धि तालिम दिन थालेको हो । यसैबीच, तालिमको आज एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष खोपीराम चौधरीले उद्घाटन गर्नुभयो । दुई महिनासम्म चल्ने तालिममा हाउस वाइरिङका लागी आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने वडा सचिव चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । तालिमको सहजकर्ता जुद्धबहादुर चौधरी रहनुभएको वडा कार्यालय सौडियारले जनाएको छ ।

SPONSORED