तपस्या ट्रेडर्स विद्यालय टि-२० क्रिकेट प्रतियोगिता-२०७५ को तयारी पुरा

२०७५ फाल्गुन २०, सोमबार २०:४६ मा प्रकाशित

दाङ, 
२०-फागुन  /  दाङको घोराहीमा आयोजना हुन थालेको ‘तपस्या ट्रेडर्स जिल्लास्तरिय विद्यालय टि-२० क्रिकेट प्रतियोगिता-२०७५ को तयारी पुरा भएको छ ।

जिल्लाका विभिन्न १२ वटा विद्यालयको सहभागिता रहने प्रतियोगीताको तयारी पुरा भएको आयोजक शान्ति निकेतन विद्यालयले जनाएको छ ।

SPONSORED

शान्ति निकेतन विद्यालय घोराहीको आयोजना तथा क्रिकेट संघ दाङको प्राविधिक सहयोग एवं तपस्या ट्रेड्सको मुख्य प्रायोजनमा हुन थालेको ‘तपस्या ट्रेडर्स जिल्लास्तरिय विद्यालय टि-२० क्रिकेट प्रतियोगिता-२०७५ को सह-प्रायोजकमा घोराही उपमहानगरपालिका वडानम्वर १५, ड्रिमल्याण्ड ट्रेडर्स घोराही दाङ र व्यवसायी सनत गिरी रहेका छन । त्यसैगरी प्रतियोगीताको प्रथम पुरस्कार घोराही उपमहानगरपालिका र दोस्रो पुरस्कार द् लोटस ट्रेनिङ सेन्टर घोराहीले प्रायोजन गरेको प्रतियोगीता संयोजक केशव अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रतियोगीताको हस्पिटालिटी पार्टनरमा टी थ्री प्यालेस र फुड एण्ड रिफ्रेसमेन्ट पार्टनरमा मानाखासी सिने प्लेस घोराही रहेका छन् । त्यसैगरी प्रतियोगीताका अन्य प्रायोजकमा सत्यवती पुस्तक पसल, दङाली माछापालन, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, एम.एस.अटो घोराही, दीयो गार्मेन्ट घोराही, कैलास रोका र बासुदेव शर्मा रहेका छन ।  विद्यालय स्तरमा क्रिकेटप्रति आकर्षण बढाउँदै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको प्रतियोगीता संयोजक केशव अधिकारीले जानकारी दिए ।

विद्यालयस्तरिय क्रिकेट प्रतियोगीतामा जिल्लामै पहिलोपल्ट हार्ड बलको प्रयोग गरेर प्रतियोगीता सञ्चालन हुने भन्दै दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले यसै खेलबाट जिल्लाको जुनियर टिमको छनौट गर्ने जानकारी दिए । दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा खेल सञ्चालन हुने भन्दै अध्यक्ष मजगैयाले खेल नकआउटमा खेल खेलाइने जानकारी दिए । प्रतियोगितामा पहिलो हुने विजेता टिमले नगद रु. २५ हजार र दोस्रो हुने टिमले रु. १५ हजार पुरस्कार प्रदान गर्नेछन् ।

SPONSORED

घोराही-१७ गुलरिया क्रिकेट मैदानमा आज बिहान ७ वजेदेखि सुरु हुने प्रतियोगीतामा जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङका १२ वटा विद्यालयको सहभागिता रहेको छ । उद्घाटन खेल गोरखा बोर्डिङ स्कुल घोराही र आयोजक शान्ति निकेतन विद्यालय घोराहीका बीचमा हुने छ ।