सातदिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

२०७५ फाल्गुन १३, सोमबार १८:४१ मा प्रकाशित

तुलसीपुर, १३ फागुन ।
तुलसीपुरमा सातदिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । तुलसीपुर मिडिया प्रालिको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिमको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

उक्त अवसरमा वडामा रहेका महिला तथा पुरुषहरुको आत्मविश्वास र क्षमता वृद्धि गर्नका लागि तालिम सञ्चालन गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले बताए । अझै पनि सामाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस्ता तालिमहरुको आवश्यकता पर्ने बताए ।

SPONSORED

तालिम सञ्चालनको पहिलो दिन सहभागीहरुलाई उद्घोषणसम्बन्धी विभिन्न विषयमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले प्रशिक्षण दिएका थिए । वडा अध्यक्ष विरेन्द्र कुमार शाहको अध्यक्षतामा सञ्चालन भएको तालिमको सञ्चालन तुलसीपुर मिडिया प्रालिका निर्देशक गोपाल शर्मा भट्टराईले गरेका थिए ।

फागुन १९ गतेसम्म सञ्चालन हुने उक्त तालिमको पहिलोे दिन ४२ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । आफूहरुलाई मध्यनजर गरी सञ्चालन गरिएको तालिमले थप आत्मविश्वास बढाउने अपेक्षा लिएको तालिममा सहभागीहरुले बताएका छन् ।

SPONSORED