रितासंग झुम्दै पाेल्ट्रि महाेत्सवका दर्शक

२०७५ माघ १६, बुधबार २२:४० मा प्रकाशित

माघ १६, घाेराहि–कुखुरा तथा दाना ब्यबसायि घाेराहि दाङकाे मुख्य अायाेजना तथा दाङ जिल्ला उद्याेग बाणिँज्य संघकाे अायाेजनामा घाेराहिकाे कृषि सामगरिकाे प्राङ्गणमा भैरहेकाे प्रदेश नं ५ स्तरिय पाेल्ट्रि महाेत्सव तथा प्रदर्शनि २०७५ मा अाज लाेक तथा दाेहाेरि गायिका भुमिका गिरिकाे गितमा दर्शकहरु छमछि नाचेका छन ।
डल्फिन पेलेट दाना कम्पनि द्वारा मुख्य प्रायाेजन रहेकाे उक्त पाेल्ट्रि महाेत्सवकाे अाज साताै दिन महाेत्सवमा उल्लेख्य दर्शकले महाेत्सव अवलाेकन गर्नुकाे साथै चर्चित केन्द्रीय तथा स्थानीय कलाकारहरुले बेजाेड प्रस्तुति राखेका हुन । ॐ फिटनेस सेन्टर का प्राेप्राईटर हरि वलि द्वारा साैजन्य गरियकाे अाजकाे कार्यक्रममा चर्चित लाेक तथा दाेहाेरि गायिका भुमिका गिरिकाे हङ्कङ्गकाे चुराेट गाेरखपुरकाे सलाई लगायतका गितहरुमा दंगालि दर्शकहरु छमछमि नाचेका छन साथै भुमिकाले याे गित गाउदा अायाेजक टिमका सम्पुर्ण पदादिकारिहरुलाई नाच्न बाध्य गरायकि हुन । त्यस्तै लाेक तथा दाेहाेरि गायिका रिता केसिकाे कम्मरै पनि के सारै कसिलाे भन्ने बाेलकाे गित गाँउदा दर्शकहरुले वन्समाेरकाे हल्ला दिईरहेका थिए।
कार्यक्रममा अाज स्थानि कलाकार गायक हिमाल रिजाल ,गायक शालिकराम चाैधरि ,माेडल तुफान काफ्ले ,बि फ्रिडम ग्रुप र बलबिर नेपालि लागायतले प्रस्तुति राख्नुभयकाे थियाे भने चर्चि हास्य कलाकार तथा उद्घाेषक कमल गाँउलेले उद्घघाेषण गर्नुभयकाे थियाे । कुखुरा पालन एवं बजारिकरणकाे बिकास ,परनिर्भरमुखि अर्थतन्त्रकाे निकास भन्न् मुल नाराकाे साथमा सुरु भयकाे महाेत्सव माघ २० गते सम्म चल्ने छ ।महाेत्सवमा पाेल्ट्रि सम्बन्धि करिव ८९ वटा स्टल रहेका छन भने विभिन्न फुड अाईटम पाईने स्टल पनि रहेका छन ।महाेत्सव प्रबेशका लागि भने ५० रुपैया टिकटकाे ब्यबस्था गिरयकाे छ भने बृद्द तथा अपाङ्गलाई निशुल्क र पत्रकारलाई परिचय
पत्रका अाधारमा प्रबेश गर्ने ब्यबस्था मिलाईयकाे पाेल्ट्रि महाेत्सवका प्रचार प्रसार संयाेजक पाेषण नाथ याेगिले जानकारि दिनुभयाे । महाेत्सवमा भाेलि १७ गते बिहिबार हेमन्त शर्मा लगायतका चर्चित कलाकारहरु अाउने पाेल्ट्रि महाेत्सव तथा प्रदर्शनि २०७५ काे भाेलि बिहिबार चर्चित अाधुनिक गायक हेमन्त शर्मा ,अारुषि मगर ,माेडल तथा गायिका श्रृजु अधिकारी , उद्घाेषक लिला थापा लगायत स्थानिय कलाकार कमल नारायणि , बिफ्रिडम डान्स ग्रुपकाे प्रस्तुति रहने प्रचार प्रशार उपसिमति संयाेजक पाेषणनाथ याेगिले जानकारि दिनुभयाे ।भाेलि महाेत्सवकाे अाठाै दिन उक्त कलाकारहरुकाे प्रस्तुति रहने कार्यक्रम तय भएकाे पनि उहाँले बताउनु भयाे ।