श्रीमती बलात्कार गरेकाे आराेपमा श्रीमान पक्राउ

२०७५ माघ १५, मंगलवार २१:२७ मा प्रकाशित

घोराही
१५ माघ । श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई श्रीमती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राऊ गरेको हो ।

SPONSORED

श्रीमतीको इच्छा विपरीत शारीरिक सम्पर्क गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले खड्कालाई पक्राऊ गरी वैवाहिक बलात्कार ऐन अन्तर्गत मुद्धा चलाएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिएका छन ।

३७ वर्षीया श्रीमतीले आफूलाई माघ ४ गते श्रीमानले जबरजस्ती शारीरिक सम्पर्क गरेको भन्दै माघ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी आएपछि खड्कालाई पक्राऊ गरी अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक केसीले बताएका छन ।साभार उज्यालो

SPONSORED