१३ र १५ फाइनलमा

२०७५ माघ १३, आईतवार २२:३५ मा प्रकाशित

घोराही १३ माघ । घोराहीमा भैरहेको मेयरकप फुटबल खेलमा शनिबार बिहान भएको वार्ड न. १३ ले वार्ड न. ३ लाई ३ गोलको बिरुद्द ४ गोलले विजयी भएको छ । वार्ड न. ३ लाई हराउँदै वार्ड न. १३ फाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी वडा न. १५ ले वडा न. १० लाई ० को बिरुद्द ३ गोल गरी विजयी भएको छ । वार्ड न. १० लाई हराउँदै वडा न. १५ फाइनलमा प्रवेश गरेको छ साथै भोलि फाइनलमा वडा न. १५ र वार्ड न. १३ भिड्ने भएका छन । दुवै वडाले राम्रो खेलको प्रदर्शन गर्दै फाइनलमा पुगेका हुन ।