मेयरकपमा वडा नं. १३ र १५ विजयी

२०७५ माघ १२, शनिबार २०:०६ मा प्रकाशित

घोराही, माघ १२ । घोराहीमा भैरहेको मेयरकप फुटबल खेलमा शनिबार भएको वडा नं. १३ ले वडा नं. ३ लाई ३ गोलको बिरुद्ध ४ गोलले विजयी भएको छ ।

वडा न. १३ का जर्सी नं. ७ का खेलाड़ी तीर्थलाल पुनले एक गोल, जर्सी न. ८ का खेलाड़ी विक्रम घर्तीले एक गोल र जर्सी नं. १७ का खेलाड़ी बिजेन्द्र घर्तीले दुई गोल गरेका थिए । उत्कृष्ट खेलको प्रदर्शन गर्दै बिजेन्द्र घर्ती म्यान अफ द म्याच भएका थिए । वडा नं. ३ लाई हराउँदै वडा नं. १३ फाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी दिउँसो भएको खेलमा वडा नं. १५ ले वडा नं. ७ लाई ० को बिरुद्द ५ गोल गरी विजयी भएको छ । वडा नं. १५ का जर्सी नं. ५ का खेलाड़ी गोपाल कुंवरले ४ गोल र जर्सी नं. ७ का खेलाड़ी ज्ञान विक्रम थापाले एक गोल गरेका थिए । लगातार ४ गोल गरेका वडा न. १५ का क्याप्टेन गोपाल कुंवर म्यान अफ द म्याच भएका छन ।

वडा नं. ७ लाई हराउँदै वडा नं. १५ सेमी फाइनलमा प्रवेश गरेको छ । कुँवरले एक्सटेप कम्पनीको एकथान भेष्ट पुरस्कार प्राप्त गरेका छन । एम्बुलेन्स सौजन्य सेवा दिपज्योति हस्पिटलले गरेको थियो ।  सेमिफाइनलमा वडा नं. १५ र वडा नं. १० भिड्ने छन् र खेलमा विजयी हुने टिम फाइनलमा वडा नं. १३ को प्रतिष्पर्धी हुनेछ ।