बार्षिकोत्सवमा विद्यार्थीलाई पुरस्कार बितरण

२०७५ माघ १२, शनिबार १८:२७ मा प्रकाशित

दाङ,१२ माघ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित ज्योतिपुञ्ज आवासीय माध्यामिक विद्यालयले आफ्नो १८ औ बार्षिकोत्सवमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि बिभिन्न बिद्यामा उत्कृत हुने विद्यार्थीलाई पुरस्कार बितरण गरेको छ ।

गत शैक्षिक सत्रमा कक्षा प्रथम, द्धितिय र तृतीय भएका विद्यार्थी र विद्यालयको १८ आँै बार्षिकोत्सव सामारोहका अवसरमा आयोजित बिभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियको अध्यक्षता एव ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रालिका अध्यक्ष हेमराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा पुरस्कार वितरण गरेको हो ।

SPONSORED

कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्यहरु माधव खनाल, नविनकुमार पाण्डेय, शालिकराम खनाल र दिनेश गौतम, विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु नारायणप्रसाद शर्मा, शेषनारायण शर्मा र राधा बुढाथोकी लगायतकाले बोलेका थिए । विद्यालयका मावि तहका इन्चार्ज तुल्सी शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका संयोजक पूर्णचन्द्र पाण्डेयले गरेका थिए ।